एमाले रामेछापको अध्यक्षमा आनन्द र लवको उम्मेदवारी घोषणा

एमाले रामेछापको अध्यक्षमा आनन्द र लवको उम्मेदवारी घोषणा

नेकपा एमाले रामेछापको अध्यक्षमा दुईजनाले उम्मेदवारी घोषणा गरेका छन । रामछापका एमाले नेता आनन्द श्रेष्ठ र लव श्रेष्ठले उम्मेद्वारी घोषणा गरेका हुन । आनन्द कुमार श्रेष्ठ एमाले रामेछापका जिल्ला सचिव हुनुहुन्छ । यसअघि एमाले र माओवादीबीच एकता भएर बनेको तत्कालिन नेकपा भित्र आन्तरिक शक्ति संघर्ष चुलिएका बेला उहाँले अध्यक्ष भएर काम गर्नुभएको थियो । यस्तै लव श्रेष्ठ एमाले रामेछापको जिल्ला सचिवालय सदस्य हुनुहुन्छ । एमाले रामेछापको आठौँ जिल्ला अधिवेशन पौष २३ र २४ गते मन्थलीमा हुँदैछ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार