सङ्घीय सरकारको खर्च गत वर्षको पहिलो चौमासीकमा भन्दा ६ प्रतिशत बढी

सङ्घीय सरकारको खर्च गत वर्षको पहिलो चौमासीकमा भन्दा ६ प्रतिशत बढी

सङ्घीय सरकारले पहिलो चौमासिक अर्थात कार्तिक मसान्तसम्ममा २ खर्ब ८७ अर्ब ५४ करोड खर्च गरेको छ । यो खर्च अघिल्लो आर्थिक वर्षको यही अवधिमा भन्दा ६ दशमलव ९ प्रतिशतले बढेको हो ।

अघिल्लो आर्थिक वर्षको पहिलो चौमासिकमा २ खर्ब ६९ अर्ब ७ करोड सङ्घीय सरकारले खर्च गरेको थियो । सङ्घ सरकारले गरेको कुल खर्चमध्ये चालु तर्फ २ खर्ब ३३ अर्ब ५१ करोड, पँुजिगत तर्फ २० अर्ब ७९ करोड र वित्तीय व्यवस्थापनतर्फ ३३ अर्ब २४ करोड खर्च रहेको छ ।

चालु खर्च तर्फ १ दशमलव ५ प्रतिशतले वृद्धि गरेको सरकारले भने पँुजिगत २९ दशमलव ४ प्रतिशतले कमि आएको छ । राजश्व परिचालनमा भने गत आर्थिक वर्षको पहिलो चौमासिकमा भन्दा २९ दशमलव २ प्रतिशतले वृद्धि भएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार