यसवर्षका लागि उखुको समर्थन मूल्य प्रतिक्विन्टल ५९० रुपैयाँ

यसवर्षका लागि उखुको समर्थन मूल्य प्रतिक्विन्टल ५९० रुपैयाँ

सरकारले यसवर्षका लागि उखुको समर्थन मूल्य तोकेको छ। हिजो बसेको मन्त्रिपरिषद् बैठकले उखुको समर्थन मूल्य तोकेकोहो । यो वर्ष प्रतिक्विन्टल ५९० रुपैयाँ दरले उखुको समर्थन मूल्य तोकिएको छ ।

यस वर्षका लागि निर्धारण गरिएको उखुको मूल्य गत वर्षको भन्दा प्रतिक्विन्टल ४६ रुपैयाँ बढी हो।गत वर्ष मन्त्रिपरिषदले उखुको मूल्य प्रतिक्विन्टल ५४४ रुपैयाँ निर्धारण गरेको थियो।

२०७६ मा उखुको मूल्य ५३६ रुपैयाँ प्रतिक्विन्टल तोकिएको थियो।कृषि तथा पशुपन्छी विकास मन्त्रालयले उखुको मूल्य निर्धारणका लागि मन्त्रिपरिषदमा प्रस्ताव गरेको थियो। कात्तिक मसान्तमै उखुको मूल्य तोक्नुपर्ने सरकारले यसवर्ष भने ढिला गरि उखुको समर्थन मूल्य तोकेको हो ।

२०७५ सालभन्दा अघि चिनी मिलका सञ्चालकले आफू खुशी मूल्य निर्धारण गर्थे । तर किसान र मिलबीच विवाद भएपछि त्यसयता सरकारले नै उखुको समर्थन मूल्य सार्वजनिक गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार