तोकिएको भन्दै बढी शुल्क नलिएको पुष्टि गर्न शिक्षा मन्त्री पौडेलको चेतावनी

तोकिएको भन्दै बढी शुल्क नलिएको पुष्टि गर्न शिक्षा मन्त्री पौडेलको चेतावनी

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले तोकिएभन्दा बढी शुल्क नलिएको पुष्टि भएन भने कारबाही गर्ने मेडिकल कलेज सञ्चालकलाई चेतावनी दिनुभएको छ ।

चिकित्सा शिक्षा आयोगले निर्धारण गरेको शुल्कभन्दा बढी रकम कलेजले लिएको उजुरीपछि प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मासहित शिक्षामन्त्री पौडेल आज भक्तपुरस्थित काठमाडौँ मेडिकल कलेजको निरीक्षणमा जानुभएको थियो ।अनुगनका क्रममा मन्त्री पौडेलले कलेजका प्रिन्सिपल रतिन्द्रनाथ श्रेष्ठलाई बढी शुल्क नलिएको पुष्टि गर्न र वार्ताबाट समस्या समाधान गर्न अनुरोध गर्दै त्यसो नभए कारबाही गर्ने बताउनुभयो ।

मन्त्री पौडेलले शुल्कका सम्बन्धमा भोलिसम्म प्रतिवेदन पेश गर्न पनि निर्देशन दिनुभएको उहाँका प्रेस संयोजक बिमल खड्काले जानकारी दिनुभयो । तोकिएभन्दा धेरै शुल्क लिइएको भन्दै काठमाडौँ मेडिकल कलेज, विराटनगरको नोबल मेडिकल कलेजमा विद्यार्थीले आन्दोलन गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार