रामेछापको मन्थलीमा मेयरकप प्रतियोगिता सुरु

रामेछापको मन्थलीमा मेयरकप प्रतियोगिता सुरु

रामेछापको सदरमुकाम समेत रहेको मन्थली नगरपालीकामा तेस्रो मन्थली मेयरकप पुरुष भलिबल प्रतियोगिता आजबाट सुरु भएको छ । मन्थली नगरपालिकाका नगर प्रमुख रमेश बस्तनेतले प्रतियोगिताको उद्धघाटन गर्नुभएको छ ।

जिल्ला समन्वय समितिको मैदानमा सुरु भएको प्रतियोगीता अन्र्तगत आरम्भमा भएको पहिलो खेलमा मन्थली नगरपालीका वडा नं ४ सालुले वडानं २ टेकानपुर लाई २५: १५ र १३ : २५ को सोझो सेटमा पराजित गरेको छ ।

तिन दिनसम्म संचालन हुने उक्त प्रतियोगितामा १४ वडाको टीम विच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ । उक्त प्रतियोगिताका लागि नगरपालीकाले १६ लाख ७९ हजार रुपैयाँ बजेट विनियोजन गरेको छ ।

नगर भित्र रहेका यृुवा खेलाडिहरुको क्षमता विकास र मैत्रीपुर्ण प्रतिस्पर्धा मार्फत नगरमा खेलाडि उत्पादन गर्नका लागि प्रतियोगीता आयोजना गरिएको नगर प्रमुख बस्नेतले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार