कर्मचारीलाई कोरोना सङ्क्रमण भएपछि माओवादी पार्टी कार्यालय बन्द

कर्मचारीलाई कोरोना सङ्क्रमण भएपछि माओवादी पार्टी कार्यालय बन्द

कर्मचारीलाई कोरोना सङ्क्रमण भएपछि नेकपा माओवादी केन्द्रको पार्टी कार्यालय बन्द गरिएको छ । पार्टी कार्यालयमा कार्यरत ४ कर्मचारीलाई कोरोना सङ्क्रमण भएपछि कार्यालय बन्द गरिएको हो ।

पार्टी कार्यालयका ४ जना कर्मचारीमा कोराना सङ्क्रमण पुष्टि भएको माओवादी केन्द्रकाकेन्द्रीय निर्वाचन आयोगकाअध्यक्ष विष्णु पुकार श्रेष्ठले जानकारी दिनुभयो । पार्टीको अत्यावश्यक काम बाहेक अन्य काम बन्द भएको उहाँले जानकारी दिनुभयो ।

यसैबीच केन्द्रीय कार्यालयमा कार्यरत कर्मचारीलाई कोरोना सङ्क्रमण भएपपछि अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो निवासको भौतिक भेटघाटलाई समेत बन्द गर्नुभएको छ । कोरोना सङ्क्रमणको जोखिम बढेको भन्दै व्यक्तिगत भेटघाट अध्यक्ष प्रचण्डले रोकेको उहाँको निजी सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार