सत्ता गठबन्धन दल राष्ट्रिय सभा निर्वाचनमा सहमति अनुसार नै अघि बढ्ने

सत्ता गठबन्धन दल राष्ट्रिय सभा निर्वाचनमा सहमति अनुसार नै अघि बढ्ने

सत्ता गठबन्धनको राजनीतिक समन्वय समितिको बैठकले राष्ट्रिय सभा सदस्य निर्वाचनमा यसअघि भएको सहमति अनुसार नै अघि बढ्ने निष्कर्ष निकालेको छ । आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा राष्ट्रिय सभा सदस्य निर्वाचनमा केन्द्रित छलफल भएको नेताहरूले बताएका छन् ।

आगामी माघ १२ गते राष्ट्रिय सभाका १९ सदस्य पदका लागि निर्वाचन हुँदैछ । सत्तारूढ गठबन्धनमा रहेका ५ दलले भागबन्डा गरेर उम्मदेवारी घोषणा गरिसकेका छन् भने नेकपा एमाले लगायत जम्मा १२ दलनिर्वाचनमा सहभागी हुनेछन् । नेपाली काँग्रेसका नेता रामचन्द्र पौडेल नेतृत्वमा सत्तागठबन्धनले समन्वय समिति गठन गरेको थियो । पौडेल नेतृत्वको यो समितिको दोस्रो बैठक आज बालुवाटारमा बसेको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार