कोरोना सङ्क्रमित हुनेको दरबढ्दै

कोरोना सङ्क्रमित हुनेको दरबढ्दै

गत साताको तुलनामा यो साता कोरोना सङ्क्रमित हुने दर बढेको छ । यो साता ४९ हजार ५ सय ९५ पिसीआर परीक्षण गर्दा १ हजार ८ सय ६९ जनामा सङ्क्रमण पुष्टी भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलले जनाएको छ । यो कुल परीक्षणको ३ दशमलब ८ प्रतिशत हो ।

गत साताको तुलनामा यो साता ० दशमलव ९ प्रतिशतले सङ्क्रमणको दर बढेकोकाले सबैलाई सचेत रहन र जनस्वास्थ्यको मापदण्ड पालना गर्न मन्त्रालयले अनुरोध गरेको छ ।

सङ्क्रमण बढ्दै गएकाले स्थानीय, जिल्ला, प्रदेश र सम्बन्धीत अधिकारीहरुलाई तयारी अवस्थामा रहन पनि मन्त्रालयका प्रवक्ता डा. संगिता कौशल मिश्रले अपील गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार