रामेछाप नगरपालिका अनिवार्य तथा निःशुल्क शिक्षा घोषणा

रामेछापको रामेछाप नगरपालिकाले अनिवार्य तथा निःशुल्क शिक्षा घोषणा गरेको छ । निवर्तमान उर्जा,जलश्रोत तथा सिँचाई राज्य मन्त्री पूर्ण बहादुर तामाङ्ग(कान्छाराम) को प्रमुख आतिथ्यतामा नगरपालिकालाई अनिवार्य तथा निशुल्क शिक्षा घोषणा गरिएको हो । सो कार्यक्रममा बोल्दै प्रमुख अतिथी कान्छारामले सबै मिलेर घोषणा गरे जसरी निरन्तरता दिन पनि लाग्नुपर्ने बताउनुभयो । उहाँले यसका लागी आफु सधैं प्रतिवद्ध […]

रामपुरलाई फलफूलको हब बनाउन किसानलाई बिरुवा वितरण

रामेछापको रामेछाप नगरपालिका वडा नं ५ रामपुरलाई फलफूलको हब बनाउन किसानलाई बिरुवा वितरण गरिएको छ । विगत तिन वर्षदेखी वडा कार्यालयले बजेट नै विनियोजन गरेर फलफूलको बिरुवा खरिद गरेर किसानलाई वितरण गर्दै आएको हो । वडाको लेक र बेसीका भूभागहरुमा उत्पादन हुने फलफूलको बिरुवाहरु वितरण गर्दै आएको वडाअध्यक्ष हरिशचन्द्र श्रेष्ठले बताउनुभयो । रामपुरलाई फलफूलको हब […]

सुन्दर सुनापतिलाई अझ सुन्दर बनाउन एक हजार बढी बिरुवाहरु रोपियो

प्राकृतिक सुन्दरताले भरिपूर्ण रहेको रामेछाप जिल्लाको सुनापति गाउँपालिकामा हरियाली प्रवद्र्धन र वातावरणीय सन्तुलन कायम गर्न एक हजार बढी बिरुवाहरु रोपिएको छ । गाउँपालिकाको प्रमुख पर्यटकीय क्षेत्रका रूपमा परिचित लामा टोलदेखि सुनापति डाँडाको शिवमूर्ति वरिपरी हुँदै १०८ वटा लहरे माने सम्म पुग्ने सडक छेउछाउ करिब एक हजार बढी बिरुवाहरू रोपिएको गाउँपालिका अध्यक्ष ठुलोकान्छा तामाङले बताउनुभयो । […]

असार दोस्रो सातासम्म रामेछापमा २२ प्रतिशत धान रोपाइँ

यो वर्ष रामेछाप जिल्लामा २२ प्रतिशत खेतमा धान रोपाइँ सम्पन्न भएको छ । असार महिनाको १२ गतेसम्म जिल्लामा २२ प्रतिशत खेतमा धान रोपाइँ सम्पन्न भएको कृषि विकास कार्यालय रामेछापका सूचना अधिकारी उपेन्द्र चौधरी कुर्मीले बताउनुभयो । उहाँका अनुसार जिल्लाको सिँचाई हुने र पर्याप्त पानी भएको क्षेत्रमा यो वर्ष राम्रोसँग रोपाइँ भएको छ । रामेछाप जिल्लाभर […]

राष्ट्रिय धान दिवस ०८२ र आर्थिक प्रभाव

डा.केदार कार्की। सरकारको यस वर्षको राष्ट्रिय धान दिवसका लागि ‘धान बालीमा सघनताः खाद्य सुरक्षा र आत्मनिर्भरता’ नारा तय गरेको छ। खाद्य सुरक्षाका लागि धान उत्पादन वृद्धि गर्न यस्तो नारा तय गरिएको कृषि विभागले जानकारी दिएको हो। नेपाल मा वर्ष २०६६ देखिकिसानको मनोबल उच्च राखी उनीहरूको श्रमको सम्मान गर्ने उद्देश्यले कृषि तथा सहकारी मन्त्रालयले मुलुकभरि असार […]

सुकाजोरमा १० दिने जुस उत्पादन तथा बजारीकरण तालिम सम्पन्न

रामेछापको रामेछाप नगरपालिका वडा नं ७ सुकाजोरमा १० दिने जुस उत्पादन तथा बजारीकरण तालिम सम्पन्न भएको छ । तालिममा वडा नं ७ र ८ का ३५ भन्दा बढी नागरीकहरु सहभागी थिए । रामेछाप नगरपालिकाका प्रवक्ता एवं वडा नं ७ का वडाअध्यक्ष समिर कार्कीको समन्वयमा बाग्मती प्रदेश सरकारले विनियोजन गरेको ७ लाख बजेटबाट तालिम संचालन गरिएको […]

पोखरीमा डुबेर रामेछाप देउरालीका एक बालकको ओखलढुंगामा मृत्यु

पोखरीमा डुबेर रामेछाप देउरालीका एक बालकको ओखलढुंगामा मृत्यु भएको छ । शुक्रबार दिउँसो ओखलढुंगा जिल्लाको लिखु गाउँपालिका–२ सतलुङमा स्थित सिंचाई पोखरीमा डबेर ११ बर्षिय बालक हिमाल बसेलको मृत्यु भएको हो । रामेछापको रामेछाप नगरपालिका–२ देउराली घर भएका हिमाल बिगत ७ बर्ष देखि मावली घर लिखु गाँउपालिका–२ सतलुङमा हजुरबुवा टेक बहादुर मिजारको घरमा बस्दै आएका थिए […]

रामेछापमा राष्ट्रिय वृक्षारोपण दिवस मनाइयो

रामेछापमा राष्ट्रिय वृक्षारोपण दिवस विभिन्न कार्यक्रमका साथ मनाइएको छ । दिवसको अवसरमा रामेछाप अस्पताल परिशरमा विभिन्न प्रजातीका वृक्षारोपण गरिएको हो । डिभिजन वन कार्यालय रामेछाप र र भू तथा जलधार व्यवस्थापन कार्यालय रामेछापको आयोजनामा वृक्षारोपण दिवस मनाइएको हो । अस्पताल परिशरमा विभिन्न प्रजातीका एक सय भन्दा बढी विरुवा रोपिएको डिभिजन वन कार्यालय रामेछापका प्रमुख उमाशंकर […]

रामेछापका ८ वटै स्थानिय तहहरुको नीति कार्यक्रम तथा बजेट सार्वजनिक

असार १० गतेभित्र बजेट तथा नीति कार्यक्रम सार्वजनिक गर्नुपर्ने संवैधानिक व्यवस्था अनुसार रामेछापका ८ वटै स्थानिय तहहरुले आगामी आर्थिक वर्ष २०८२/८३ को लागी नीति कार्यक्रम तथा बजेट सार्वजनिक गरेका छन । जिल्लाका २ नगरपालिका र ६ वटै गाउँपालिकाले नीति कार्यक्रम तथा बजेट सार्वजनिक गरेका हुन । जिल्लाको सदरमुकाम समेत रहेको मन्थली नगरपालिकाले नगर सभाको १७ […]

यस्तो छ रामेछापको लिखुतामाकोशी गाउँपालिकाको नीति कार्यक्रम तथा बजेट

रामेछापको लिखु तामाकोशी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ को लागी नीति कार्यक्रम तथा बजेट सार्वजनिक गरेको छ । मंगलबार गाउँपालिकाको १५ औँ गाउँसभामा गाउँपालिका अध्यक्ष केशव महतले नीति कार्यक्रम प्रस्तुत गर्नुभयो । अध्यक्ष महतले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममा हालसम्म गाउँपालिकाको करको दायरामा नआएको ढुङ्गा,गिट्टी,वालुवा,स्लेट, ढुङगा, खरी लगाएत खनिज जन्य बस्तुको निकासिलार्ई करको दायरामा ल्याईने […]