आज नाग पञ्चमी पर्व मनाइँदै

आज नाग पञ्चमी पर्व परम्पराअनुसार नागको पूजा गरी मनाइँदै छ । घरको मूल ढोकामा आज नागको चित्र टाँसेर पूजा गर्ने प्रचलन रहेको छ । नागको पुजा गरेमा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिनुका र प्राकृतिक विपत्तको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास रहेको छ । नाग पञ्चमीको अवसरमा आज बिहानैदेखि काठमाडौंको […]

ज्यान सम्बन्धी कसूर मुद्दामा फरार रामेछापका खत्री पक्राउ

ज्यान सम्बन्धी कसूरको मुद्दा लागेर फरार भएका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । रामेछापको खाँडादेवी गाउँपालिका–६ खत्रीगाउँ घर भई ललितपुरको महालक्ष्मी नगरपालिका–७ चाँगाथली बस्ने ४६ वर्षीय शिवजी खत्री भन्ने गबहादुर खत्रीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले चाँगाथलीबाट बुधबार पक्राउ गरेको हो । उनीमाथि गत पुस ६ गते बेलुकी काठमाडौंको कलंकी लामपाटीस्थित डेरामा भगवती लामा […]

रामेछापमा चोरी गर्दै हिँड्ने ओखलढंगाका तिन जना पक्राउ

रामेछाप र ओखलढुंगामा समुह बनाए र चोरी गर्दै हिँड्ने तिनजनालाई प्रहरीले पक्राउ गरेको छ । यही साउन २२ गते शुक्रबार दिउँसो रामेछापको उमाकुण्ड गाउँपालिका ७ बिमिरे स्थित टेकराज नेवारको पसल फोडेर १ लाख पचास हजार नगद चोरी गरेका उनिहरुलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा ओखलढुङ्गा खिजिदेम्बा गाउँपालिका १ का वर्ष १६ का एक […]

रामेछापमा २९ गतेदेखि कोभिशिल्ड खोपको दोस्रो मात्रा लगाईदै

रामेछापमा साउन २९ देखि भदौ ३ गतेसम्म कोभिड १९ विरुद्धको खोप दोस्रो मात्रा दिईने भएकोे छ । जिल्लाको ८ वटै स्थानीय तहमा साउन २९ देखि भदौ ३ गतेसम्म कोभिड १९ विरुद्धको खोप दोस्रो मात्रा दिइने स्वास्थ्य कार्यालय रामेछापका प्रमुख जितेन्द्र कर्णले जानकारी दिनुभयो । उहाँका अनुसार गत फागुन महिनामा कोभिड १९ विरुद्धको खोप कोभिशिल्डको पहिलो […]

काठमाडौंमा आज रातीदेखि सवारीसाधन सञ्चालमा रोक

कोरोना भाइरसको जोखिम बढेको भन्दै काठमाडौंमा आज रातीदेखि सवारीसाधन सञ्चालमा रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालयको निर्णयअनुसार आजदेखि रातीको समयमा सवारी साधन चलाउन नपाइने भएको छ । कार्यालयले मंगलबार जारी गरेको आदेशमा निशेधाज्ञा भदौ ८ गतेसम्म थपेर आजदेखि रातीको समयमा निजी तथा सार्वजनिक सवारी सञ्चालन गर्न नपाउने उल्लेख छ । अत्यावश्यकबाहेक अन्य सवारीहरु बेलुकी […]

उत्कृष्ट आदिवासी जनजाति पत्रकारिता पुरस्कारबाट युवराज श्रेष्ठ सम्मानित

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को स्थापना दिवसका अवसरमा (फोनिज) रामेछापले उत्कृष्ट आदिवासी जनजाति पत्रकारिता पुरस्कारबाट युवराज श्रेष्ठ सम्मान गरेको छ । (फोनिज) रामेछापले हरेक वर्ष प्रदान गर्दै आएको उत्कृष्ट आदिवासी जनजाति पत्रकारिता वर्ष पुरस्कार २०७८ यो वर्ष पत्रकार श्रेष्ठलाई प्रदान गरेको हो । फोनिजको २२ औँ स्थापना दिवसमा आज रामेछापको खाँडादेवी गाउँपालिकामा एक […]

रामेछापका खड्का सहित चारजना काठमाडौंबाट पक्राउ

प्रहरीले हुण्डी कारोबार गरेको आरोपमा रामेछापका एक युवक सहित चारजनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंको विशेष टोलीले उनीहरुलाई सोमबार गणवहाल ईलाकाबाट पक्राउ गरेको प्रहरी उपरीक्षक (एसपी) रमेश कुमार वस्नेतले जानकारी लिनुभयो । प्रहरीका अनुसार पक्राउ पर्नेमा रामछाप घर भइ भक्तपुर सल्लाघारी बस्दै आएका २९ वर्षीय नरबहादुर खड्का, तनुज ईन्टरप्राइजेज प्रालिका सञ्चालक ५३ […]

रामेछापको छोरो नेपालको हिरो कुलमान घिसिङ नेविप्राको कार्यकारी निर्देशकमा नियुक्त

रामेछाप जिल्लाको सुनापती गाउँपालिकामा जन्मनुभएका कुलमान घिसिङ फेरी पनि नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त हुनुभएको छ । उहाँले आजै पदबहाली गर्नुभएको छ । उहाँलाई प्राधिकरणका उपकार्यकारी निर्देशकहरू, कर्मचारी र आधिकारिक ट्रेड युनियनले स्वागत गरेका छन् । उनीहरूले घिसिङको पहिलो कार्यकाल निकै सफल भएको भन्दै दोस्रो कार्यकाल पनि सफल बनाउन आफूहरूको पूर्ण सहयोग हुने बताएका […]

रामेछापमा आज ६० जनाले जिते कोरोना,आज १७ जना सङ्क्रमित थपिए

रामेछाप जिल्लामा आज ६० जना कोरोनाले कोरोना जितेका छन । यो सँगै जिल्लामा कोरोना जित्नेको संख्या दुई हजार ७०० जना पुगेको छ । आज जिल्ला अस्पतालबाट दुई जना, मन्थली नगरपालिकाबाट ८ जना, रामेछाप नगरपालिकाबाट ११ जना, खाँडादेवी गाउँपालिकाबाट १० जना, गोकुलगंगा गाउँपालिकाबाट २५ जना र दोरम्बा गाउँपालिकाबाट चार जनाले कोरोना जितेका हुन । यस्तै जिल्लामा […]

सुनको बालासहित रामेछापका बस्‍नेत पक्राउ

१ सय ५० ग्राम सुनको बालासहित प्रहरीले रामेछापका एकजनालाई पक्राउ गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय आगमनतर्फको नयाँ पार्किङ एरियाबाट उनलाई प्रहरीले मंगलबार विहान ९:४५ बजे पक्राउ गरेको हो । पक्राउ पर्नेमा रामेछाप रस्नालु गाविस घर भइ हाल काठमाडौं महानगरपालिका-६ कुमारीगाल बौद्ध बस्‍ने २५ वर्षीय सन्तोष बस्‍नेत रहेका छन् । बस्‍नेत जजिरा एयरलाइन्सको उडानद्वारा […]