गोलन्जोर गाउँपालिकाले करारका कर्मचारीको म्याद थप नगर्ने

गोलन्जोर गाउँपालिकाले करारका कर्मचारीको म्याद थप नगर्ने

सिन्धुली जिल्लाको गोलन्जोर गाउँपालिकाले विहिबार करारका कर्मचारीको म्याद थप नगर्ने निर्णयसहित सूचना जारी गरेको छ । गाउँपालिकाले आर्थिक वर्ष २०७९÷८० साउन १ देखि करारका कर्मचारीलाई कामकाज नगर्न अनुरोध समेत गरेको छ । गाउँपालिकाको कार्यालय, वडा कार्यालय, स्वास्थ्य चौकि लगाएतका स्थानमा करारमा कार्यरत कर्मचारीको करार सम्झौता नवीकरण नहुने सो पालिकाले जनाएको हो ।

कार्यालय अभिलेखमा विगतका कर्मचारी कार्यालय समयमा उपस्थिति नहुने, पोशाक नलगाउने, विना जानकारी बिदामा बस्ने, कार्यालयको सुचना अधिकृत रुपमा बाहिर दिने गरेको, गोपनियता भंग गर्ने गरेको, माथिल्ला तहका पदाधिकारीले दिएको आज्ञा पालना नगरेको, आफुभन्दा माथिल्ला तहको कर्मचारीसगँ अनुपयुक्त व्यवहार गर्ने, कार्यालयको काम समयमै नगर्ने गरेको, कार्यरत पदको औचित्यता र आवश्यकता नदेखिएकोले करार सम्झौता अवधि नबढाएको सूचनामा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार