अधिकांस करार तर्फका कर्मचारीहरुलाई साउन १ गते देखि हाजिर नगर्न मन्थली नगरपालिकाको निर्देशन

अधिकांस करार तर्फका कर्मचारीहरुलाई साउन १ गते देखि हाजिर नगर्न मन्थली नगरपालिकाको निर्देशन

अधिकांस करार तर्फका कर्मचारीहरुलाई साउन १ गते देखि हाजिर नगर्न रामेछापको मन्थली नगरपालिकाकाले निर्देशन दिएको छ । नगरपालिकाले एक सूचना जारी गर्दै केहि बाहेक सवै करार तर्फका कर्मचारीहरुलाई साउन १ गते देखि हाजिर नगर्न,नगराउन निर्देशन दिएको मन्थली नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत लिलाराज पौडेलले जानकारी दिनुभयो ।

मन्थली नगरपालिकाद्धारा जारी सुचनामा करार थप गर्ने विषयमा अर्को निर्णय नभए सम्मका लागि हाजिर नहुनु भन्ने उल्लेख छ । नगरपालिकाले सवारी चालक, नगरपालिकामा कार्यरत कार्यालय सहयोगी, सफाईकर्मी, पालेपहरा दिने कर्मचारी, परियोजनामा कार्यरत कर्मचारी र साविक जिल्ला विकास समितिबाट आएका अस्थायी कर्मचारी बाहेक अन्य सवै करार कर्मचारी लाई हाजिरमा प्रतिवन्ध लगाइएको हो ।

करार तर्फ स्वास्थ्य क्षेत्रमा काम गर्ने सवैभन्दा धेरै कर्मचारी रहेका छन् । मन्थली अस्पताल लगाएत शहरी स्वास्थ्य केन्द्रमा कार्यरत करार कर्मचारीलाई समेत हाजिर नगर्न भनिएको छ । कतिपय स्वास्थ्य प्राविधिक विना सेवा अवरुद्ध हुने भएपनि नगरपालिकाले मन्थली अस्पताललाई बाँकी हुने जनशक्तिबाट स्वास्थ्य सेवा निरन्तर दिन निर्देशन दिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार