कोरोनाको उपचार र नियन्त्रणलाई चुस्त बनाउन प्रधानमन्त्री देउवाले दिए निर्देशन

प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोना उपचार, रोकथाम र नियन्त्रणलाई प्रभावकारी बनाउन निर्देशन दिनुभएको छ । कोभिड– १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) सँग हिजो भएको छलफलमा प्रधानमन्त्री देउवाले कोरोना नियन्त्रणलाई चुस्त बनाउन निर्देशन दिनुभएको हो । प्रधानमन्त्री नियुक्त भएको दोस्रो दिनमै देउवाले कोरोनाको उपचार, रोकथाम र व्यवस्थापनका बारेमा भएका कामकारवाहीका बारेमा जानकारी समेत लिनुभएको छ । प्रधानमन्त्री […]

विपदमा परेर ३ महिनामा ११४ जनाले ज्यान गुमाए

गृह मन्त्रालयका अनुसार पछिल्लो तीन महिनामा प्राकृतिक विपद्का घटनामा परेर १ सय १४ जनाको ज्यान गएको छ । वैशाख १ गतेदेखि हिजोसम्मको तथ्याङ्कले पहिरोमा २९, बाढीमा २७ र डुबानमा परेर ८ जनाको ज्यान गएको देखाएको छ । यस्तै, चट्याङ्गबाट ३५ जना, आगलागीबाट ११, डढेलोबाट ३ जना र हावाहुरीका कारण एक जनाको ज्यान गएको गृह मन्त्रालयले […]

प्रधानमन्त्री सहित अन्य चार मन्त्रीले लिए शपथ

प्रधानमन्त्रीमा शेरबहादुर देउवासँगै चार जना मन्त्रीले पनि शपथ लिएका छन् । नेपाली कांग्रेसबाट बालकृष्ण खाँड गृहमन्त्रीमा नियुक्त हुनुभएको छ, उहाँ रुपन्देहीबाट समानुपातिक सांसद हुनुहुन्छ । यस्तै कांग्रेसकै ज्ञानेन्द्रबहादुर कार्की कानुन, न्याय तथा संसदीय मामिला मन्त्रीमा नियुक्त हुनुभएको छ । कार्की सुनसरी क्षेत्र नम्बर ४ बाट प्रत्यक्ष निर्वाचित सांसद हुनुहुन्छ । यस्तै अर्थ मन्त्रीमा माओवादीबाट जनार्दन […]

देउवा सरकारको पहिलो निर्णयः चैत भित्र सबै नागरिकलाई कोरोना विरुद्धको खोप

नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले सबै नागरिकलाई कोरोना विरुद्धको खोप सुनिश्चितगर्ने निर्णय गरेको छ ।हिजो सिंहदरबारमा बसेको देउवा सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले सबै नागरिकलाई कोरोना विरुद्धको खोप उपलब्ध गराउने निर्णय गरेको हो । बैठकले असोज मसान्तभित्र एक तिहाई र चैत्र मसान्तभित्र सबै नागरिकलाई खोप उपलव्ध गराउने निर्णय भएको हो ।बैठकले कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई प्रवक्ता […]

रामेछापमा थपिए ६ जना कोरोना संक्रमित, आज १६ जना निको

रामेछाप जिल्लामा आज ६ जना कोरोना सङ्क्रमित थपिएका छन् । मन्थली प्राथमिक स्वास्थ्य केन्द्रमा दुई जना, उमाकुण्ड गाउँपालिकामा एक जना, खाँडादेवी गाउँपालिकामा एक जना, गोकुलगंगा गाउँपालिकामा एक जना र लिखुतामाकोशी गाउँपालिकामा एक जनाको एन्टिजेन परीक्षण रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ । योसँगै जिल्लामा कोरोना पुष्टि हुनेको सङ्ख्या दुई हजार ३४६ जना पुगेको […]

खाँडादेवी गाउँपालिकाद्धारा ७५ प्रतिशत अनुदानमा कृषकहरुलाई कृषि सामाग्री हस्तान्तरण

रामेछापको खाडादेवी गाउँपालिकाले किसानलाई ७५ प्रतिशत अनुदानमा कृषि सामाग्री हस्तान्तरण गरेको छ । एक कार्यक्रमको बीच गाउँपालिकाका अध्यक्ष प्रेम बहादुर तामाङले कृषकहरुलाई कृषिजन्य सामाग्रीहरु हस्तान्तरण गर्नुभयो । उक्त कार्यक्रममा बोल्दै अध्यक्ष तामाङले गाउँपालिकालाई कृषि क्षेत्रमा आत्मनिर्भर बनाउने गरी आफुहरु लागि परेको बताउनुभयो । गाउँपालिकाले कृषि क्षेत्रलाई प्राथमिकता दिएर नीति तथा कार्यक्रम र बजेट निर्माण गरिएको […]

देशभर आज हल्कादेखि मध्यम वर्षाको सम्भावना

देशभर आजको मौसम सामान्यदेखि पूर्ण बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनी वायूको प्रभावका कारण अहिले देशभर सामान्य बदली रही बागमती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भएको छ । आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा […]

प्रधानमन्त्रीमा देउवाले विश्वासको मत नपाए राजनीतिले फेरि नयाँ मोड लिने

संसद विघटनको दोस्रो पटकको प्रयास पनि सर्वोच्च अदालतले फैसलामार्फत बिफल बनाइदिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजनीतिक र संवैधानिक धक्का लागेको छ । सर्वोच्चको फैसलापछि ओली पक्षीय नेता कार्यकर्ताले भने अदालतप्रति असन्तुष्टि जनाउँदै प्रदर्शन गर्न थालेका छन् ।विपक्षी गठबन्धनका दल र नेताहरूले ओलीले गलत कदम चाालेको र सर्वोच्चको फैसलासँगै सच्चिएको टिप्पणी गरेका छन् । माओवादी केन्द्रका […]

प्रधानमन्त्रीमा देउवाको नियुक्ति र सपथ आजै, सानो आकारको मन्त्रिमण्डल विस्तार गरिने

सर्वोच्च अदालतको परमादेशअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई आजै प्रधानमन्त्री पदमा नियुक्ति गर्ने र शपथग्रहण गराउनुहुने भएको छ । सर्वोच्च अदालतबाट हिजो भएको फैसलाको पूर्ण पाठ राष्ट्रपति कार्यालयमा साँझ पुगेको छ । राष्ट्रपतिका प्रमुख स्वकीय सचिव डा. भेषराज अधिकारीका अनुसार सर्वोच्च अदालतको फैसला प्राप्त भएपछि के कसरी अघि बढ्ने भन्ने बारेमा तयारी […]

माओवादी केन्द्र पार्टी वैधानिक रहेको निर्वाचन आयोगको निर्णय

निर्वाचन आयोगले नेकपा माओवादी केन्द्र पार्टी वैधानिक रहेको निर्णय गरेको छ । आज बसेको आयोगको बैठकले संवैधानिक र कानूनी शर्त पूरा गरी दर्ता कायम रहेको नेकपा माओवादी केन्द्रको वैधानिकतामा प्रश्न उठाउन नमिल्ने निर्णय गरेको हो । माओवादी केन्द्रको वैधानिकतामा प्रश्न उठाई आयोगमा अधिवक्ता सरोज बुढाथोकी मार्फत हाल नेकपा एमालेमा रहेका पूर्वमाओवादी नेताहरुले निवेदन दिएका थिए […]