नेकपा एमाले र जसपामा फुट, कार्यकर्ता भने एकताकै पक्षमा

राष्ट्रपति विद्यादेवी भण्डारीले राजनितिक दल सम्बन्धि अध्यादेश प्रमाणित गरेपछि नेकपा एमाले र जनता समाजबादी जसपा फुटेको छ । तत्कालिन माओवादी केन्द्र र एमाले मिलेर नेकपा बनेपछिको राजनितिक शक्ति देखेर मधेसका दलहरु एक भएर जसपा बनेको थियो । नेकपा अलग भएसँगैको राजनितिक समिकिरणले जसपामा विवाद आएको थियो । एमाले टुक्रिएसँगै जसपा पनि फुटेको छ । नयाँ […]

बागमती प्रदेशका मुख्यमन्त्री पौडेलद्वारा राजीनामा

नेकपा (एमाले)मा आएको संकटकैबीच बागमती प्रदेश सरकारमा नयाँ घटनाक्रम विकास भएको छ।मुख्यमन्त्री डोरमणि पौडेलले एमाले प्रदेश सभा संसदीय दलको नेताबाट राजीनामा दिनुभएको छ । उहाँको स्थानमा अष्टलक्ष्मी शाक्यलाई दलको नेता चयन गरिएको छ।हेटौंडामा जारी बैठकमा पौडेलले नेताबाट राजीनामा दिएको र शाक्यलाई दलको नेता चयन गरिएको एमाले प्रदेश सभा सदस्य रचना खड्काले बताउनुभयो । शाक्य अब […]

नेकपा एमाले विभाजित

प्रमुख विपक्षी नेकपा एमाले विभाजित भएको छ । एमाले माधव नेपाल समूहले पार्टीको नाम नेकपा एमाले समाजवादी राख्ने भएको छ । यस्तै चुनाव चिन्ह खुला किताब राख्ने निर्णय भएको एमाले केन्द्रीय सदस्य जगन्नाथ खतिवडाले जानकारी दिनुभयो । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आज मात्र संसदीय दल वा केन्द्रीय समितिको २० प्रतिशत पु¥याएर दल विभाजन गर्न […]

राष्ट्रपति भण्डारीद्धारा राजनीतिक दलसम्बन्धी अध्यादेश प्रमाणीकरण

राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलसम्बन्धी अध्यादेश प्रमाणीकरण गर्नुभएको छ । राष्ट्रपति भण्डारीका स्वकीय सचिव भेषराज अधिकारीले अध्यादेश प्रमाणीकरण भएको जानकारी दिनुभयो । दल विभाजनलाई सहज बनाउने गरी मन्त्रिपरिषद्ले हिजोअध्यादेश सिफारिस गरेको थियो । मन्त्रिपरिषदको हिजो बसेको बैठकले केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत पुगे दल विभाजन गर्न सक्ने व्यवस्थासहित राष्ट्रपति समक्ष अध्यादेश सिफारिस गर्ने […]

एमाले विभाजनको अन्तिम चरणमा

नेकपा एमाले विभाजनको अन्तिम चरणमा पुगेको छ । नयाँ पार्टी गठनको गृहकार्यमा रहेका नेपाल पक्षका नेताहरूका अनुसार राष्ट्रपतिबाट आज अध्यादेश जारी भए नयाँ दल दर्ताका लागि आजै आयोग जाने तयारी छ । निर्वाचन आयोगमा कायम २०३ सदस्यीय केन्द्रीय कमिटीमध्येबाट करिब ६० जना सदस्यको हस्ताक्षर संकलन गरिसकिएको नेता मेटमणी चौधरीले बताउनुभयो । दर्ताका लागि आवश्यक पर्ने कागजात […]

राजनीतिक दल विभाजन गर्न सजिलो हुने गरी ल्याईएको अध्यादेशको विरोध

सरकारले राजनीतिक दल विभाजन गर्न सजिलो हुने गरी राजनीतिक दलसम्बन्धी ऐन, २०७३ संशोधन गर्न राष्ट्रपति कार्यालयमा अध्यादेश पठाएपछि त्यसको व्यापक विरोध भएको छ । अध्यादेशमा राजनीतिक दलको केन्द्रीय समिति वा संसदीय दलमध्ये कुनै एकमा कम्तीमा २० प्रतिशत सदस्य भए विभाजन हुनसक्ने प्रावधान राखिएको छ । जुन कुरामा सत्ता पक्षकै नेताहरुले पनि असहमति जनाएका छन् । […]

किशोरीलाई बलात्कार गरेर फरार रामेछापका खड्का पक्राउ

किशोरीलाई बलात्कार गरेर फरार रामेछापका एक युवक पक्राउ परेका छन । ललितपुर इमाडोलमा एक किशोरीलाई बलात्कार गरेर फरार रहेका रामेछापको मन्थली नगरपालिका वडा नं १४ खारपानी पाल्लेका २७ बर्षिय छत्र बहादुर खड्कालाई जिल्ला प्रहरी कार्यालय रामेछापले आज मन्थलीबाट पक्राउ गरेको हो । २०७३ जेठ १३ मध्ये रातमा किशोरीले आफूमाथि जबरजस्ती करणी भएको भन्दै जिल्ला प्रहरी […]

रामेछापमा कोरोना संक्रमित घटे,आज ८ जनामा संक्रमण पुष्टि

रामेछाप जिल्लामा केहिदिनयता कोरोना संक्रमित घटेका छन । जिल्लामा दैनिक ४०÷५० जनाको हाराहारीमा संक्रमण पुष्टि हुँदै आएकोमा अहिले भने दिनमा ५ देखी १० जनासम्ममा मात्रै कोरोना संक्रमण पुष्टि हुने गरेको छ । जिल्लामा कोरोना परीक्षण कम मात्रामा भएको कारण पनि संक्रमित कम भएजस्तो देखिएको हो । आज जिल्लाभरमा ४७ जनामा एन्टिजेन परीक्षण गरिएकोमा ८ जनामा […]

नेपाल हेभी इक्वीपमेन्ट अपरेटर संघ रामेछापको अध्यक्षमा गणेश खड्का

नेपाल हेभी इक्वीपमेन्ट अपरेटर संघले रामेछाप जिल्लामा पनि समिती गठन गरेको छ । नेपालका ७७ वटै जिल्लामा समिती गठन गर्ने योजना अनुसार आज रामेछापमा समिती गठन गरिएको हो । आज गठन गरिएको समितीमा अध्यक्षमा गणेश खड्का,उपाध्यक्षमा विष्णु कुमार प्रधान,सचिवमा भिम बहादुर पाण्डे,सहसचिवमा विकास राना र सदस्यहरुमा विरबल माझी र प्रवेश श्रेष्ठ निर्विरोध चयन भएका छन […]

रामेछापमा कोरोना संक्रमित एक महिलाको मृत्यु

रामेछापमा कोरोना सङ्क्रमणबाट थप एक जनाको मृत्यु गएको छ । रामेछाप नगरपालिका वडा नं ५ की ९७ वर्षिया महिलाको जिल्ला अस्पतालमा आज विहान ज्यान गएको जिल्ला स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ । मृत्यु भएकी वृद्ध महिलामा यहि साउन २५ गते एन्टिजेन परीक्षण गर्दा कोरोना पुष्टि भएको थियो । यो सँगै जिल्लामा कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या […]