घ्याप्चेः तिमी अब नरिसाउ है

जेष्ठ नागरिक द्वय देविप्रसाद भट्टराई र छविलाल भट्टराई भन्नु हुन्छ वि.सं. १९९० को महाभुकम्पपछि एउटा सानो धर्सो÷खोल्सीको रुपमा तिमी देखा परेका रहेछौ । दिन बित्दै जाँदा तिमीले आफ्नो रुप पनि परिवर्तन गर्दै गएछौ । वि.सं. २०११ सालमा पहिरोको रुप धारणा गरी वि.सं. २०४१ देखि २०४४ सम्म त झन विकराल पहिरोको रुप लिन पो पुगेछौ । […]

वाग्मती प्रदेशमा तत्कालीन प्रदेश सरकारले ऐनविपरीत अर्बौं रुपैयाँ अनुदान वितरण गरेको खुलासा

वाग्मतीका निवर्तमान मुख्यमन्त्री डोरमणि पौडेल नेतृत्वको तत्कालीन प्रदेश सरकारले आर्थिक वर्ष २०७६÷७७ मा ऐनविपरीत अर्बौं रुपैयाँ अनुदान वितरण गरेको पाइएको छ । महालेखा परीक्षकको ५८ औं प्रतिवेदनमा उल्लेख भएअनुसार कार्यविधि निर्माणको आधार ञनखुलाई १ अर्ब ६५ करोड ६७ लाख, संस्था तोकेर १ अर्ब ३७ करोड ४५ लाख र परामर्शदाताले नपाउने १२ लाख अनुदान गरी ३ अर्ब […]

गौतम एमालेमा नै रहेको स्पष्टिकरण

नेकपा एमालेको एउटा पक्षले नयाँ पार्टी निर्माण गरेपछि पार्टी भित्रै रहने वा पार्टी छोड्ने भन्ने बारेमा नेताहरु छलफलमा व्यस्त रहेका छन् । एमालेका नेताहरुका बिषयमा बिभिन्न टीका टिप्पणी आइरहदा आफुले पार्टी नछोडेको बारेमा पनि कतिपय नेताहरुले स्पष्टिकरण दिन सुरु गरेका छन् । यसैबीच,नेकपा एमालेका नेता वामदेव गौतमले आफू एमालेमै रहेको बताउनुभएको छ । गौतमको सचिवालयले […]

१,९२० जनामाकोरोनाभाइरस सङ्क्रमण पुष्टि

पछिल्लो २४ घण्टामा १,९२० जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९,४४३ पीसीआर परीक्षणमा १,७०२ र ३,०७३ एन्टिजेन परीक्षणमा २१८ गरी १,९२० जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणमुक्त हुनेको संख्या २,२४८ रहेको छ । त्यस्तै सङ्क्रमणबाट मृत्यु हुनेको संख्या २४ रहेको छ […]

आफू पार्टी एकताको पक्षमा रहेको बाग्मती प्रदेशका मुख्यमन्त्री शाक्यको भनाइ

बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आफू पार्टी एकताको पक्षमा रहेको बताउनुभएको छ । शाक्यले पार्टी एकता कार्यदलले तयार पारेको १० बुँदे सहमतिलाई कार्यान्वयनमा ल्याउने प्रतिवद्धता अध्यक्ष केपी शर्मा ओलीले गर्ने बित्तिकै नेकपा एमाले एकजुट भएर अघि बढने विश्वास उहाँले व्यक्त गर्नुभयो । नेकपा एमाले रामेछाप–काठमाडौं सम्पर्क मञ्चले आज काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उहाँले पार्टी […]

आज २ हजार ७५ जना कोरोना सङ्क्रमित थपिए, २ हजार ३ सय ८२ जना निको भए

पछिल्लो २४ घण्टामा नयाँ सङ्क्रमितको सङ्ख्या भन्दा निको हुनेको सङ्ख्या बढी देखिएको छ । थप २ हजार ७५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि हुँदा यही अवधिमा थप २ हजार ३८२ जना जना निको भएका हुन् । कूल १३ हजार ७५ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट १ हजार ४२४ र एन्टीजेन विधिबाट ६५१ जनामा सङ्क्रमण […]

कवि नवीन गाउँलेको कविता संग्रह मैनबत्तीको आगो विमोचन हुँदै

कवि नवीन गाउँलेको कविता संग्रह मैनबत्तीको आगो विमोचन हुने भएको छ । रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नं ७ घर भएका कवि गाउँलेकोे दोश्रो कविता संग्रह मैनबत्तीको आगो विमोचन गर्ने तयारी भईरहेको कवि गाउँलेले बताउनुभयो । विभिन्न विषयवस्तुहरुमा रहेर कविता मार्फत कलम चलाइरहनुभएका कवि गाउँलेको यस अघि फूलसँग हराउँदा भन्ने कविता संग्रह बजारमा आईसकेको छ […]

नम्बर प्लेट बदलेर मोटरसाइकल चोरेको आरोपमा रामेछापका मगर पक्राउ

महानगरीय ट्राफिक प्रहरी महाशाखाले नम्बर प्लेट बदलेर मोटरसाईकल चोरी गरेको आरोपमा रामेछापका एकजनालाई पक्राउ गरेको छ । महाशाखाको पीडित सहायता ईकाइबाट सादा पोसाकमा खटिएको ट्राफिक प्रहरी टोलीले प्रदेश०२–०१२ प ७०६६ नम्वरको कालो रातो रंङको २२० सी.सी.को पल्सर मोटरसाईकल सवार गरिरहेको अवस्थामा गंगबुबाट रामेछाप दोरम्वा गाउँपालिका–२ घर भई हाल दक्षिणढोका काठमाडौं बस्दै आएका २२ वर्षीय तेज […]

रामेछाप नगरपालिकाले महिलालाई निःशुल्क ड्राइभिङ तालिम दिने

रामेछापको रामेछाप नगरपालिकाले महिलाको लागि निःशुल्क ड्राइभिङ तालिम दिने भएको छ । महिलाहरुलाई सीप सिकाएर आत्मनिर्भर बनाउन नगरका २० जना महिलाहरुलाई १५ दिने ड्राइभिङ तालिम दिन लागिएको नगरपालिकाका उपप्रमुख सृजना खड्काले बताउनुभयो । नगरपालिकाले एक सुचना जारी गर्दै ड्राइभिङ तालिम सिक्न चाहने महिलाहरुलाई आवेदन दिन आग्रह गरेको छ । तालिममा छनोट गर्दा नगरपालिकाले विपन्न, असहाय, […]

नेकपा एमाले (समाजवादी) बनाएपछि आफुलाइ चित्त बुझेन एमाले नै रोजेँ : नेता पौडेले

नेकपा एमाले रामेछापका नेता एवं बागमती प्रदेशसभा सदस्य शान्ति प्रसाद पौडेलले माधब कुमार नेपालको साथ छोडेर एमालेमै रहने बताउनुभयो । उहाँले नेता नेपालले आफ्नो नेतृत्वमा नेकपा एमाले (समाजवादी) बनाएपछि आफुलाई चिक्त नबुझेको भन्दै नेपालको साथ छोडेर ओली नेतृत्वको एमालेमै रहने बताउनुभयो । अष्टलक्ष्मी शाक्यलाई एमाले बागमती प्रदेशको दलको नेता र मुख्यमन्त्री बनाउन भूमिका खेल्नुभएका सांसद […]