नेपाल रेडक्रस सोसाइटीद्धारा रामेछापलाई ‘ख’ वर्गको एम्बुलेन्स हस्तान्तरण

नेपाल रेडक्रस सोसाइटीले रामेछाप जिल्लालाई एम्बुलेन्स हस्तान्तरण गरेको छ । रामेछाप सहित ५ वटा जिल्लालाई ‘ख’ वर्गको एम्बुलेन्स हस्तान्तरण गरेको हो । अमेरिकन रेडक्रसको सहयोगमा रामेछाप,दोलखा,ओखलढुङ्गा, चितवन र मकवानपुर जिल्लाहरूलाई ख वर्गको एम्बुलेन्स हस्तान्तरण गरिएको हो । सोसाइटीको केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रमका बीच स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रवक्ता डा.समीरकुमार अधिकारी, नेपाल रेडक्रस सोसाइटीका […]

रामेछाप जिल्लाका लागि संघीय सरकारबाट २ अर्ब ६८ करोड विनियोजन

रामेछाप जिल्लाको आठ वटा स्थानीय तहको लागि संघीय सरकारले करिब २ अर्ब ६८ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । सरकारले आर्थिक बर्ष २०७९÷०८० को लागि संसदमा प्रस्तुत गरेको बजेट अनुसार रामेछाप जिल्लाको लागि २ अर्ब ६८ करोड रुपैयाँ बजेट विनियोजन गरेको हो । आर्थिक बर्ष ०७९/०८० मा रामेछाप जिल्लामा केन्द्र सरकारद्वार बिनियोजित बजेट :  […]

असार मसान्तसम्म माध्यमिक शिक्षा परीक्षा (एसइइ)को परीक्षाफल सार्वजनिक गर्ने

सरकारले असार मसान्तसम्म माध्यमिक शिक्षा परीक्षा (एसइइ)को परीक्षाफल सार्वजनिक गर्ने योजना अनुसार काम गरिरहेको बताएको छ । अहिले उत्तर पुस्तिका परिक्षणको काम भइरहेको र योजना अनुसार असार मसान्तसम्ममा परीक्षाफल सार्वजनिक गर्ने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । बोर्डका अध्यक्ष महाश्रम शर्माले पूर्वनिर्धारित योजना अनुसार नै काम भइरहेको बताउनुभयो । गत बैशाख ९ देखि २० गतेसम्म […]

सुनारपानीमा खोरेत रोग विरुद्धको खोप अभियान जारी

रामेछापको मन्थली नगरपालिका–५ सुनारपानीका पशु कृृषकका गोठ–गोठमा पुगेर पशुप्राविधिकले खोरेत रोगविरुद्धको खोप लगाउन थालेका छन्। सुनारपानीका कृषकहरुले पालन गरेका पशु चौपायमा खोरेत रोग देखा परेको र सो रोग नियन्त्रणका लागी खोरेत विरुद्धको खोप लिएर पशुप्राविधिकहरु प्रत्येक कृषकको गोठगोठमा पुगेका वडाध्यक्ष रविन कार्की ‘नविन’ले जानकारी दिए। निर्वाचनमा गरेका प्रतिवद्धताहरुलाई क्रमश कार्यान्वयन गर्दै लैजाने क्रममा वडाध्यक्ष कार्की […]

राष्ट्रिय कृषि गणनाको तथ्याङ्क सङ्कलन कार्य ९५ प्रतिशत सकियो

केन्द्रीय तथ्याङ्क विभागका अनुसार राष्ट्रिय कृषि गणनाको तथ्याङ्क सङ्कलन कार्य ९५ प्रतिशत सकिएको छ । गत बैशाख ६ देखि सुरु भएको राष्ट्रिय कृषि गणनाको तथ्याङ्क सङ्कलन मिति सकिन लाग्दा अझै पाँच प्रतिशत तथ्याङ्क सङ्कलन गर्न बाँकी रहेको हो । प्रत्येक १०÷१० वर्षमा कृषि गणना गर्दै आएको विभागले यसपटक ७ सय ५३ पालिकाका तीन लाख ५० […]

बागमती प्रदेशको नीति तथा कार्यक्रम आज दिउँसो २ बजे प्रस्तुत हुने

बागमती प्रदेशको आगामी आर्थिक वर्ष २०७९÷८० को निती तथा कार्यक्रम आज प्रस्तुत हुने भएको छ । प्रदेश सरकारले आगामी आर्थिक वर्षको निति तथा कार्यक्रम आज बस्ने प्रदेशसभा बैठकमा प्रस्तुत गर्ने भएको हो । आज दिउँसो २ बजे बस्ने प्रदेशसभा बैठकमा सरकारको तर्फबाट प्रदेश प्रमुख यादव चन्द्र शर्माले संसदमा निती तथा कार्यक्रम प्रस्तुत गर्नुहुनेछ । मुुलुक […]

ईरामेछाप दृष्टि : सजिलो हुने छैन ‘नविन’ लाई ५ वर्षे कार्यकाल !

रामेछापको सदरमुकाम मन्थलीसंगै जोडिएको सानो र सुन्दर गाउँ सुनारपानी, अहिले मन्थली नगरपालिकाको ५ नम्बर वडामा समाहित छ । सुनारपानी परिवर्तनको पिडामा छटपटाएको निकै लामो समय भएको थियो । त्यो परिवर्तनको पिडालाई मेटाउन युवा वर्ग नै होमिनुपर्ने आवश्यकता देखेर विभिन्न दलमा आवद्ध स्थानिय युवाहरु स्थानिय तह निर्वाचन २०७९ मा सुनारपानिको नेतृत्व लिन चुनावी मैदानमा होमिएका थिए […]

नगरपालिकालाई विकास र समृद्धिको बाटोमा अघि बढाउने सबैको साझा उद्देश्य : मेयर न्यौपाने

रामेछाप नगरपालिकाका प्रमुख लवश्री न्यौपानेले राजनीतिक परिवर्तनले जनताको दैनिक जीवन र राष्ट्रको समृद्धिमा सकारात्मक प्रभाव नपारेसम्म परिवर्तनको संस्थागत र दिगोपनमा चुनौती रहिरहने बताउनुभएको छ । १५ औँ गणतन्त्र दिवसको अवसरमा रामेछाप नगरपालिकाद्धारा आयोजित प्रभातफेरी तथा प्रवचन कार्यक्रममा बोल्दै उहाँले लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा नागरिकको हक, अधिकारलाई पूर्ण सुनिश्चित गर्दै रामेछाप नगरपालिकालाई विकास र समृद्धिको […]

रामेछाप कारागारका २४ जना कैदीको सजाय मिनाहा(नाम सहित)

कारागार कार्यालय रामेछापबाट २४ जना कैदीबन्दीको सजाय मिनाहा भएको छ। १५ औं गणतन्त्र दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले देशभरका कैदीबन्दीले सजाय माफी मिनाहा पाएका कैदीहरुमध्ये रामेछाप कारागारमा रहेका २४ जना पनि कारागार मुक्त भएका हुन् । मिनाहा पाएर मुक्त हुनेमा कर्तव्य ज्यान मुद्धाका १८ जना, कर्तव्य ज्यान र जबरबस्ती चोरीका २ जना, सवारी ज्यान तथा […]

गणतन्त्र दिवसको अवसरमा बिरामीलाई फलफूल वितरण

रामेछाप नगरपालिकाले गणतन्त्र दिवसको अवसरमा जिल्ला अस्पताल रामेछापमा उपचाररत बिरामीलाई फलफूल र जुस वितरण गरेको छ । रामेछाप नगरपालिकाका प्रमुख लवश्री न्यौपाने सहितको टोलिले बिहान अस्पतालमा भर्ना भएर उपचार गराइरहेका १० जना विरामीलाई फलफूल वितरण गरेको हो ।