काँग्रेसको ४ प्रदेशमा संस्थापन पक्ष हावी, २ प्रदेशमा इतरपक्षको जित

काँग्रेसको १४औँ महाधिवेशनअन्तर्गत ६ वटा प्रदेशकोनेतृत्व छानिएको छ । प्रदेश १ मा संस्थापन पक्षका उम्मेदवार उद्धव थापा सभापतिमा निर्वाचित हुनुभएको छ । निर्वाचित थापाले ८ सय ४४ मत ल्याउनुभएको छ भने सभापति पदका अर्का उम्मेदवार गुरूराज घिमिरे पराजित हुनुभएको छ । घिमिरे २ मतअन्तरले पराजित हुनुभएको हो । नेपाली काँग्रेस बागमती प्रदेशको सभापतिमा ईन्द्रबहादुर बानियाँ […]

राप्रपाको अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी

राप्रपा नेपालको काठमाडौँमा जारी महाधिवेशनबाट नेता राजेन्द्र लिङ्देन अध्यक्षमा विजयी हुनुभएको छ ।जम्मा खसेको ३८ सय ६५ मध्ये लिङ्देन १८ सय १७ मत पाएर विजयी हुनुभएको हो भने अध्यक्ष पदका अर्का प्रतिस्पर्धी कमल थापाले १६ सय १७ मत पाउनुभएको महाधिवेशन प्रचारप्रसार समिति संयोजक मोहन श्रेष्ठले बताउनुभयो । लिङ्देनले २ सय मत अन्तरले थापालाई पराजित गर्नुभएको […]

जनस्वास्थ्यका मापदण्डलाई जीवनभरका लागि बानी बनाउन चिकित्सकको सुझाव

चिकित्सकहरूले दक्षिण अफ्रिकामा फेला परेको कोरोनाको नयाँ परिवर्तित स्वरुप ओमिक्रोनको जोखिमबाट बच्न जनस्वास्थ्यका मापदण्ड पालन गर्न सुझाव दिएका छन् । सरुवारोग विशेषज्ञ डा.शेर बहादुर पुनले कोरोना महामारीको पहिलो र दोस्रो चरणको लहरको क्रममा जसरी स्वास्थ्य सावधानी अपनाइयो त्यसरी नै यसलाई आफ्नो जीवनभर लागु गर्नुपर्ने सुझाव दिनुभयो । उहाँले नेपालमा कोरोनाको ओमिक्रोन भित्रिनुमा भारतसँगको खुला सीमानाका […]

घर–घरमै पुगेर जेष्ठ नागरीक सम्मान, सम्मानित हुन पाउँदा जेष्ठ नागरीक दंग

रामेछापको रामेछाप नगरपालिका वडा नं ७ सुकाजोरले वडाका जेष्ठ नागरीकहरुलाई घर–घरमै पुगेर सम्मान गरेको छ । गत कातिक २९ गते वडा कार्यालयमा जेष्ठ नागरीक सम्मान कार्यक्रम राखिएको थियो उक्त कार्यक्रममा उपस्थित हुन नसकेका जेष्ठ नागरीकहरुको घरमा पुगेर वडाअध्यक्ष समिर कार्की,वडा सदस्यहरु विल ब थापा,शेर ब मगर सहितको टोलिले जेष्ठ नागरीकहरुलाई सम्मान गरेको हो । उमेरले […]

काँग्रेसको निर्वाचन प्रक्रिया आजबाट सुरु हुने

नेपाली काँग्रेसले महाधिवेशनकार्यतालिका अनुसार प्रदेशमा आजबाट निर्वाचन प्रक्रिया सुरु हुँदैछ । प्र्रदेशमा हिजो उद्घाटन सत्र सुरु भए पनि निर्वाचन प्रक्रिया आजबाट सुरु हुने छ । प्रदेश अधिवेशन प्रभावित नहोस् भन्नका लागि बिभन्न १६ जिल्लाको अधिवेशन स्थगित गरिएको निर्वाचन समितिका सचिव केशव रिजालले बताउनुभयो । काँग्रेसको १६ वटा जिल्लामा अधिवेशन तथा निर्वाचन हुन बाँकी छ । […]

रामेछापमा आज देखि फोटो सहितको मतदाता नामावली संकलन हुने

जिल्ला निर्वाचन कार्यालय रामेछापले जिल्लाका ८ पालिकामा आज देखि पौष ९ गतेसम्म दुई चरणमा फोटो सहितको मतदाता नामावली संकलन गर्ने भएको छ । विगतमा मतदाता नामावलीमा नाम समावेश गर्न छुटेका व्यक्तिहरुलाई लक्षित गरि निर्वाचन आयोगले विशेष कार्यक्रम मार्फत देशका सबै स्थानीय तहका केन्द्रबाट नाम संकलन गर्ने व्यवस्था मिलाएपछि जिल्ला निर्वाचन कार्यालय रामेछापले पनि जिल्लाका सबै […]

आजदेखी जिल्ला अस्पताल रामेछापमा पिसिआर ल्याब सन्चालनमा

जिल्ला अस्पताल रामेछापमा पिसिआर ल्याब सन्चालनमा आएको छ । अब जिल्ला अस्पताल रामेछापमै पिसिआर परीक्षण हुने भएको छ । कोरोना भए नभएको भनेर थाहा पाउन गरिने पिसिआर परीक्षण आजदेखी जिल्ला अस्पतालमै सुरु भएको हो । केहि महिना अघि नै उक्त पिसिआर ल्याबको उद्धघाटन भएको भएपनि जनशक्तिको अभावले सन्चालनमा आउन सकेको थिएन । जनस्वास्थ्य प्रयोगशाला बाग्मती […]

रामेछाप गोठगाउँमा १५ वर्षिया बालिका बलात्कृत,३२ वर्षिय पुरुष पक्राउ

रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नं १ गोठगाउँकी एक १५ वर्षिया बालिका बलात्कृत भएकी छन । यहि मंसिर ९ गते साँझ ७ बजेको समयमा गोठगाउँ खुर्पाती भन्ने ठाउँका वर्ष ३२ का नवराज कार्कीले बालिकालाई बलात्कार गरेको रामेछाप प्रहरीले जानकारी दिएको छ । ति पुरुषले बालिकालाई डर त्रास देखाई लछारपछार गर्दै बाँसघारी नजिकैको सिस्नोघारीमा लगेर बलात्कार […]

रामेछापेली सर्जक भोजराज विकको “लैजा दैव मलाई” बोलको गित सार्वजनिक (भिडियो) सहित

रामेछापेली सर्जक भोजराज विकको नयाँ लोकदोहोरी गित “लैजा दैव मलाई” बोलको गित सार्वजनिक भएको छ । गायक तथा सर्जक युनिक भोजराज बिकको शब्द र संगीतमा रहेको “लैजा दैव मलाई” बोलको गितको म्युजिक भिडियो सहित बजारमा आएको छ । लैजा दैव मलाई” बोलको गीतमा लोकप्रिय गायक लोक स्टारका बिजेता गायक शनी बिश्वोकर्मा र चर्चित गायिका सुनिता […]

राखेपका नवनियुक्त सदस्य सचिव टङ्कलाल घिसिङद्वारा पदभार ग्रहण

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का नवनियुक्त सदस्य सचिव टङ्कलाल घिसिङले आज मङ्गलवार पद तथा गोपनियताको शपथ लिनुभएको छ । युवा तथा खेलकुदमन्त्री महेश्वरजङ्ग गहतराजले सिंहदरबारमा रहेकाे मन्त्रालयमा घिसिङलाई शपथ गराउनुभएको हो । मन्त्रिपरिषद्को हिजाे सोमवारको बैठकले घिसिङलाई सदस्य सचिव पदमा नियुक्त गरेको थियो । उहाँ चार वर्षका लागि नियुक्त हुनुभएको हो । घिसिङ नेपाल रग्बी […]