रामेछाप पकरवासमा मिनिट्रक दुर्घटना २० जना घाइते

रामेछापको खाँँडाँदेवी गाउँपालिका वडा नं ५ पकरवासमा मिनिट्रक दुर्घटना भएको छ । उक्त दुर्घटनामा २० जना घाइते भएका छन । घाइते मध्ये ६ जनाको अवस्था गम्भिर रहेकाले उनिहरुलाई थप उपचारको लागी काठमाडौँ पठाइएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता श्रीशंकर श्रेष्ठले बताउनुभयो । नेकपा माओवादी केन्द्र खाँडादेवी गाउँपालिकाको अधिवेशनका लागी पकरवासबाट माकादुम जाँदै गरेको ना ७ […]

न्युनतम पारिश्रमिक उपलब्ध नगराएमा चरणबद्ध आन्दोलन गर्ने विद्यालय कर्मचारी र बाल विकास शिक्षकको चेतावनी

रामेछापको रामेछाप नगरपालिकाका विद्यालय कर्मचारी र बाल विकास शिक्षकहरुले नगरप्रमुख नर बहादुर थापा मगरलाई आज माग पत्र बुझाएका छन । विद्यालय कर्मचारी संघर्ष समिती र बाल विकास शिक्षक संघर्ष समितीले आज आफुहरुको माग सम्बोधन गर्न नगरप्रमुख समक्ष माग पत्र पेश गरेका छन । उनिहरुले माग पत्रमा सामुदायिक विद्यालयमा कार्यरत बाल विकास शिक्षक र विद्यालय कर्मचारीलाई […]

नेकपा माओवादी केन्द्र रामेछाप नगर कमिटीको अध्यक्षमा मोतीलाल तामाङ

नेकपा माओवादी केन्द्र रामेछाप नगर कमिटीको अध्यक्षमा मोतीलाल तामाङ हुनुभएको छ । शनिबार सम्पन्न अधिवेशनले तामाङको अध्यक्षतामा सर्वसम्मत रुपमा पदाधिकारी चयन गरेको हो । माओवादी केन्द्र रामेछाप नगर कमिटीको उपाध्यक्षमा नरेश बाबु श्रेष्ठ, ईन्दिरा बख्रेल र राम विष्णु बस्नेत चयन हुनुभएको छ । सचिवमा निर कुमार श्रेष्ठ, सहसचिवमा भिम बहादुर तामाङ र कोषाध्यक्षमा सरोज कटुवाल […]

रामेछाप राकाथुममा हत्या गरेर फरार अभियुक्त १२ वर्षपछि पक्राउ

रामेछापको राकाथुममा २०६६ असोज ९ गते भएको हत्याकाण्डका २ जना आरोपीलाई जिल्ला प्रहरी कार्यालय रामेछापले १२ वर्षपछि पक्राउ गरेको छ । छिमेकी जिल्ला काभ्रेपलाञ्चोक तिमाल गाउँपालिकाका २९ वर्षीय तीर्थमान दोङको हत्या आरोप लागेका साविक राकाथुम गाविस हाल खॉडादेवी १ बस्ने ५९ वर्षीय ज्ञानबहादुर तामाङ र उनका छोरा ३६ वर्षीय जयरामलाई प्रहरीले पक्राउ गरेको हो । […]

नेकपा एकीकृत समाजवादी सङ्गठन विस्तार अभियानमा

एमालेसँगको विभाजनपछि बनेको नेकपा एकीकृत समाजवादी पार्टी अहिले सङ्गठन विस्तार अभियानलमा लागेको छ । केन्द्रीय कमिटीदेखि शीर्ष नेताहरू नै सङ्गठन विस्तारको काममा व्यस्त भएका छन् । उक्त पार्टीका केन्द्रीय सदस्य पार्वती विशुंखेको अधिकांश समय अहिले पार्टी सङ्गठन निमार्णका विभिन्न भेलामा बित्ने गरेको छ । पार्टीको वडा, पालिकादेखि जिल्लासम्मका विभिन्न कमिटी बनाउने र उनीहरूलाई प्रशिक्षण दिने […]

ओलीको प्रस्तावमा एमालेले आज सर्वसम्मत नेतृत्व घोषणा गर्ने

नेकपा एमालेको चितवनमा जारी दसौँ महाधिवेशन अन्तर्गत जारी बन्दसत्रमा आज अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटी, पदाधिकारी र बिभिन्न आयोगमा रहनेहरूको नामावली पेश गर्नुहुने भएको छ । पार्टीका ३ सय १ केन्द्रीय सदस्य, १९ जना पदाधिकारी र विभिन्न आयोगका अध्यक्षहरूकोसूची तयार पारेर बन्दसत्रमा पारितका लागि पेश गर्ने तयारी अध्यक्ष ओलीको छ । आज मध्यान्ह् १२ […]

लैङ्गिक हिसा बिरुद्धको १६ दिने अभियान मनाईरहँदा रामेछापमा कठायत परिवारको बुहारीको विचल्ली

विहिबारबाट देशभर लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान आरम्भ भएको छ । “घरैबाट सुरु गरौ,महिला हिंंसा अन्त्य गरौ ” भन्ने मुल नारासहित दिबस मनाई रहदा रामेछाप सदरमुकाम मन्थली बजारसंगै रहेको एक प्रतिष्ठित परिवारमा एक नारीको विचल्ली भएको छ । गरिबी र जातियताका आधारमा परिवारको सदस्यहरुबाट अपमानीत हुनु पर्दा २७ वर्षिय विनु कठायत यादबको बिचिल्ली भएको […]

दोस्रो राष्ट्रिय माझी गोल्ड कप पुरुष फुटबल प्रतियोगिता हुँदै

रामेछापमा दोस्रो राष्ट्रिय माझी गोल्ड कप पुरुष फुटबल प्रतियोगिता हुँने भएको छ । यहि मंसिर १५ गतेदेखि २० गतेसम्म मन्थली नगरपालिका वडा नं ६ कुनौरी खेल मैदानमा प्रतियोगिता आयाजना गर्न लागिएको आयोजकले जानकारी दिएको छ । उक्त प्रतियोगिताको उद्धघाटन युवा तथा खेलकुद मन्त्री महेश्वर जंग गतहराजले गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ । उक्त प्रतियोगितामा […]

रामेछापमा महिला हिंसा विरुद्धको १६ दिने अभियान सुरु

आज देखि महिला हिंसा विरुद्धको १६ दिने अभियाना सुरु भएको छ । ‘घरैबाट शुरु गरौं, महिला हिंसा अन्त्य गरौं’ भन्ने मूल नाराका साथ आज देखि अभियान सुरू भएको हो । रामेछापमा सचेतना र्यालीबाट लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु भएको छ । मन्थली नगरपालिकाको आयोजनामा आज सदरमुकाम मन्थलीमा हिंसा विरुद्धका विभिन्न प्लेकार्ड सहित सचेतना […]

रामेछापमा ८ वर्षीया बालिकामाथि बलात्कार, ७२ वर्षीय वृद्ध पक्राउ

रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नं ८ मा ८ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा ७२ वर्षीय वृद्ध पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार मंगलबार रामेछाप नगरपालिका ८ भोटेटार बस्ने ७२ वर्षीय मंगल तामाङले सोही ठाउॅकी ८ वर्षीया बालिकालाई चाउचाउ किन्न गएको बेला फकाएर आफ्नै घरमा लगी जबर्जस्ती करणी गरेको उजुरीको आधारमा […]