रामेछापको भिरपानीमा अटो दुर्घटना, चालक सहित ५ जना घाईते

रामेछापको भिरपानीमा अटो दुर्घटना, चालक सहित ५ जना घाईते

रामेछापको खाँडादेवी गाउँपालिका वडा नं ३ भिरपानीमा अटो दुर्घटना भएको छ । आज बिहान अन्दाजी ११ बजेर ४० मिनेटको समयमा भिरपानी हुन्दुरखोला भन्ने ठाउँमा अटो दुर्घटना भएको हो ।

पकरवासबाट सिन्धुली तर्फ जाँदै गरेको ज १ ह ५०६९ नं को अटो आफै अनियन्त्रित भएर सडकबाट अन्दाजी ५ मिटर तल खसेको हो । अटो दुर्घटनामा चालक सहित ५ जना घाईते भएका छन ।

अटो चालक सिन्धुली कमलामाई ६ का वर्ष ४३ का कुमार तामाङ,सोहि ठाउँका वर्ष ७० का पदम बहादुर तामाङ,वर्ष ६५ का राम बहादुर तामाङ,वर्ष ३२ का सम्झना तामाङ र वर्ष १२ की सुस्मा तामाङ घाईते रहेको र उहाँहरुलाई थप उपचारका लागी धुलिखेल अस्पताल पठाइएको रामेछाप प्रहरीले जानकारी दिएको छ ।

घाईतेमध्ये चालक कुमार तामाङ र पदम बहादुर तामाङको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार