रामेछाप सहित बागमती प्रदेशका नौ जिल्लामा मानवअधिकार उल्लंघनका उजुरी

रामेछाप सहित बागमती प्रदेशका नौ जिल्लामा मानवअधिकार उल्लंघनका उजुरी

बागमती प्रदेशअन्तर्गत रामेछाप जिल्ला सहित विभिन्न जिल्लाको गत आर्थिक वर्षमा मानवअधिकार उल्लंघनको ३३ उजुरी परेको राष्ट्रिय मानवअधिकार आयोगको बागमती प्रदेश कार्यालयले जनाएको छ । प्रदेशको १३ जिल्लामध्ये नौ जिल्लामा गरी कूल ३३ मानवअधिकार उल्लंघनको विभिन्न किसिमका उजुरी सो कार्यालयमा परेको जनाएको छ ।

कार्यालयका प्रमुख यज्ञ अधिकारीले प्रदेशको सबैभन्दा बढी काठमाडौं र ललितपुर जिल्लामा मानवअधिकार उल्लंघनको उजुरी परेको बताउनुभयो । दुवै जिल्लामा क्रमशस् आठ र सात मानवअधिकार उल्लंघनको उजुरी परेको छ । प्राप्त विवरणअनुसार चितवनमा ४, नुवाकोटमा ४, सिन्धुपाल्चोकमा ३, काभ्रेमा २, धादिङमा २, दोलखामा २ र रामेछापमा १ वटा उजुरी परेको बताइएको छ ।

प्रदेशको मकवानपुर, भक्तपुर, रसुवा र सिन्धुलीमा गत आर्थिक वर्षमा कुनै किसिमको मानवअधिकार उल्लंघनको उजुरी नपरेको सो कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार