बागमती प्रदेशमा सबैभन्दा धेरै लैङ्गिक हिंसाका उजुरी

बागमती प्रदेशमा सबैभन्दा धेरै लैङ्गिक हिंसाका उजुरी

बागमती प्रदेशमा सबैभन्दा धेरै लैङ्गिक हिंसा हुने गरेको पाइएको छ । राष्ट्रिय महिला आयोगको तथ्याङ्कले बागमती प्रदेशमा लैङ्गिक हिंसा धेरै हुने गरेको देखाएको हो ।

आयोगका अनुसार गत साउनदेखि कात्तिक महिनासम्ममा बागमती प्रदेशबाट मात्रै घरेलु हिंसाका २ सय ७८ र महिला हिंसाका १७ वटा उजुरी परेको छ ।

यस्तै मधेस प्रदेशमा १२ घरेलु, २ महिला हिंसा १ सय २१ घरेलु हिंसा र ९ वटा महिला हिंसाका उजुरी आयोगमा परेको आयोगका प्रवक्ता चमिला भट्टराईले  बताउनुभयो । पहुँचका आधारमा पनि बागमती प्रदेशबाट धेरै उजुरी आएको हुनसक्ने उहाँको ठम्याइ छ ।

कुनै प्रकारको महिला वा घरेलु हिंसामा परे आयोगको पैसा नलाग्ने फोन नम्बर ११ ४५ मा उजुरी दिन सकिने प्रवक्ता भट्टराईको भनाइ छ । आयोगमा मानसिक, आर्थिक, शारीरिक र यौनजन्य हिंसाका उजुरी धेरै पर्ने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार