रामेछापका स्थानीय सरकारले संघीय सरकारबाट तीन अर्ब बढी बजेट पाउँदै

रामेछापको स्थानीय सरकारले संघीय सरकारबाट तीन अर्ब  भन्दा बढी रकम पाउने भएका छन् । जिल्लाका ८ वटै स्थानीय तहले आगामी आर्थिक वर्ष संघबाट चालु र पूँजीगततर्फगरी तीन अर्ब २८ करोड ३१ लाख रकम प्राप्त गर्ने भएका हुन् । जसअनुसार चालुतर्फ दुई अर्ब ९९ करोड ११ लाख रकम विनियोजन भएको छ भने पूँजीगततर्फ २६ करोड ४ […]

जिल्ला प्रशासन कार्यालय रामेछापमा मिटरब्याजी विरुद्ध एउटा मात्रै उजुरी

जिल्ला प्रशासन कार्यालय रामेछापले मिटरब्याज पीडितहरूको उजुरी सङ्कलन गरिरहेको छ । कार्यालयको सहायता कक्षमा शुक्रबार (आज)सम्म एउटा मात्रै लिखित उजुरी परेको छ । अनुचित लेनदेन मिटरव्याज सम्बन्धी जाँचबुझ आयोग २०७९ को निर्णयअनुसार पीडितहरूसँग भएका कागजातका प्रमाणहरूसहित जिल्ला प्रशासन कार्यालयले यहि जेठ १४ गते आइतवारसम्म लिखित उजुरी दिन आव्हान गरेको छ । तर जिल्ला प्रशासन कार्यालय […]

गोकुलगंगा गाउँपालिकाको दोश्रो चौमासिक अबधिसम्म ५५.९४ प्रतिशत रकम खर्च

रामेछापको गोकुलगंगा गाउँपालिकाको चालु आर्थिक वर्ष २०७९/८० को दोश्रो चौमासिक अवधिसम्म ५५.९४ प्रतिशत रकम खर्च भएको छ । गाउँपालिकामा शनिबार आयोजित चालु आ.व. ०७९/८० को दोस्रो चौमासिक अवधिसम्मको विकास आयोजना तथा कार्यक्रमको प्रभावकारीता तथा सेवा प्रवाहको अवस्था विषयक सार्वजनिक सुनुवाइ कार्यक्रममा उक्त कुरा जानकारी गराइएको हो । सार्वजनिक सुनुवाई कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत होम […]

रामेछापको गर्जाङमा सबैभन्दा ठूलो राष्ट्रिय झण्डा

रामेछाप जिल्लाको गोकुलगंगा गाउँपालिका वडा नं १ चुचुरे स्थित गर्जाङमा सबैभन्दा ठूलो राष्ट्रिय झण्डा राखिएको छ । २५६७ औँ बुद्ध जयन्तीको अवसर पारेर शुक्रवार गर्जाङको रमिते डाँडामा राष्ट्रिय झण्डा राखिएको हो । गोकुलगंगा गाउँपालिका अध्यक्ष काजी बहादुर खड्का(दिनेश) ले झण्डा उत्तोलन गर्नुभयो । अध्यक्ष खड्काले गोकुलगंगामै देशकै ठूलो झण्डा फहराउन पाउँदा खुशी लागेको बतानुभयो । […]

आव २०७९/८० मा रामेछाप नगरपालिकाको प्रगति ५०.४२ प्रतिशत

रामेछाप नगरपालिकाको चालु आर्थिक बर्ष २०७९/८० मा संचालित विकास आयोजना तथा कार्यक्रमहरुको प्रभावकारीता तथा सेवा प्रवाहको अवस्था विषयक सार्वजनिक सुनुवाई कार्यक्रम बिहिबार (आज) सम्पन्न भएको छ । सार्वजनिक सुनुवाई कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत निरज पौडेलले नगरको समग्र प्रगति प्रतिवेदन सहित आर्थिक क्षेत्रमा सम्पन्न योजना विवरण जानकारी गराउनु भएको थियो । उहाँले आर्थिक बर्ष २०७९/८० […]

घर र अन्य संरचना बनाउँदा भूकम्प प्रतिरोधी नै बनाउन विज्ञहरूको सुझाव

घर र अन्य संरचना बनाउँदा भूकम्प प्रतिरोधी नै बनाउन विज्ञहरूले अनुरोध गरेका छन् । २०७२ सालको भूकम्पबाट झण्डै नौ लाख भवनमा क्षति पुगेको स्मरण गर्दै देशका हरेक क्षेत्रका नागरिकले भवनलगायतका संरचना बनाउँदा भूकम्प प्रतिरोधि नै बनाउनुपर्ने विज्ञहरूको भनाइ छ । २०७२ मा भूकम्पीय जोखिम ख्याल नगरी संरचना बनाइएकाले सात दशमलव आठ रेक्टरस्केलको भूकम्पले पनि ठुलो […]

रामेछाप मन्थलीमा रामेछाप साँस्कृतिक तथा सडक महोत्सवको रौनक

रामेछाप जिल्लाको सदरमुकाम मन्थलीमा रामेछाप सास्कृतिक तथा सडक महोत्सव २०८० सुरु भएको छ । महोत्सवको उद्घाटन संघिय सांसद पूर्ण बहादुर तामाङ (कान्छाराम) ले गर्नुभयो । रामेछाप उद्योग बाणिज्य संघको अगुवाइमा शुक्रवारदेखि महोत्सव सुरु भएको हो । महोत्सवले जिल्लामा पर्यटन प्रवर्द्धन गर्न र सुस्ताएको व्यापार व्यवसायलाई चलायमान बनाउने अपेक्षा गरिएको छ । महोत्सवको पहिलो दिन शुक्रवार […]

रामेछापमा आगलागीको जोखिम बढ्यो,नियन्त्रणको पूर्वतयारी शुन्य

रामेछापमा गर्मीयाम सुरु भएसँगै आगलागीको जोखिम पनि बढेको छ । तर सम्भावित आगलागी नियन्त्रणका लागि पूर्वतयारी भने शुन्य देखिएको छ । चैत बैशाखमा सुख्खा हुने, बोटबिरुवाका पात झर्ने र हावाहुरी समेत बढी चल्ने हुनाले भएकाले आगलागीको बढी जोखिम हुन्छ । खासगरी यो समयमा रामेछापका बनजङ्गल घाँसे पाखाहरूमा बढी आगलागी हुने गरेको छन् । बनसँगै बस्ती […]

रामेछापको ७ स्थानिय तहमा दमकल छैन,आगलागी हुँदा करडौँको क्षती

रामेछाप नगरपालिका वडा नं ७ रजयछापमा २०७८ चैत्र १२ गते भएको आगलागीमा परेर ११ घर जलेर नष्ट भयो । हरेक वर्ष आगलागीबाट लाखौँको क्षति हुने गरेको भएपनि रामेछाप नगरपालिकासँग दमकल छैन । आगो निभाउन मन्थली नगरपालिकाकै दमकल कुर्नुपर्ने बाध्यता छ । नगरपालिकामा दमकल नभएकै कारण त्यति ठूलो क्षति भएको स्थानीयको ठहर छ । रामेछाप नगरपालिकाका […]

रामेछापमा बसाइँसराइ दर बढ्यो,गाउँका घर खाली

रामेछापमा विभिन्न कारणले गाउँघर छोड्ने क्रम बढेको छ । रामेछापका ८ मध्ये सबैजसो स्थानीय तहमा गाउँ छोडेर सहर रोज्ने क्रम बढेको पाइएको हो । मिठो खाने र राम्रो लगाउने सपना पूरा गर्न मात्र नभइ शिक्षा, स्वास्थ्य, रोजगारी, यातायात तथा अन्य स्रोतसाधनमा सहज पहुँच हुने आशामा रामेछापका गाउँबाट बसाइँ सरेर जाने क्रम बढेको हो । केहि […]