आर्थिक वर्षको अन्त्यमा विकासे चटारो

अहिलेको समय आर्थिक वर्षको अन्त्य यानिकी असार हो । यतिबेला नेपालमा सबैलाई आर्थिक वर्षको चटारो लागेको छ । नुन देखी सुनको व्यापार व्यावसाय गर्ने सबैलाई आआफ्नै चटारो छ । नेपाल सरकार पनि कसरी धेरै राजश्व संकलन गर्न सकिन्छ भन्ने हतारोमा छ । ११ महिना देखी ठप्प रहेका सम्पूर्ण विकास निर्माण कार्यहरु यति बेला जुको झैं […]

गौरीशंकर माविले विद्यार्थीबाट बढी शुल्क असुल्दै आएको अभिभावकको गुनासो

संविधानमै विद्यालय तहको शिक्षा निः शुल्क हुने उल्लेख गरिएको छ । तर पनि रामेछाप जिल्लाकै पहिलो माध्यमिक विद्यालय श्री गौरीशंकर माध्यमिक विद्यालयले विद्यार्थीबाट बढी शुल्क असुल्दै आएको अभिभावकहरुले गुनासो गरेका छन । रामेछाप नगरपालिका ७ का निरु थापाले छोरालाई कक्षा ९ मा भर्ना गर्नुभयो । अँग्रेजी माध्यममा पढाउन छोरालाई भर्ना गर्दा उहाँले एक वर्षको शुल्क […]

नेपालमै पहिलो पटक हायु भाषा पढाउँदै महाकाली आधारभूत विद्यालय

नेपालकै लोपन्मुख जाति हायुको भाषा लोप हुने अवस्थामा छ । केहि बुढापाका बाहेकका अरु कसैले हायु भाषा बोल्न जान्दैनन् । हायु भाषा बोल्न र लेख्न जान्नुभएका महाकाली आधारभूत विद्यालयका शिक्षक रमेश हायुले विद्यालयका विद्यार्थीहरुलाई हायु भाषा पढाउन थाल्नुभएको छ । रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नं ७ मुडाजोरमा रहेको महाकाली आधारभूत विद्यालयमा अहिले शिक्षक रमेश […]

सातवटै प्रदेश सरकारले आज आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दैै

सातवटै प्रदेश सरकारले आज आर्थिक वर्ष २०७९÷८० को बजेट सार्वजनिक गर्दैछन् ।अन्तरसरकारी वित्त व्यवस्थापन ऐन–२०७४ अनुसार सबै प्रदेशले हरेक असार १ मा प्रदेश सभामा बजेट प्रस्तुत गर्नुपर्ने प्रावधान छ । जसअनुसार आज सबै प्रदेशले बजेट सार्वजनिक गर्न लागेका हुन् । प्रदेश सरकारले आफ्नो कार्यकालको अन्तिम बजेट आज एकै दिन प्रस्तुत गर्न लागेका हुन् ।बजेटमा केही […]

चुनाव जितेका जनप्रतिनिधि बधाई थाप्न मै व्यस्त, विपद पुर्वको तयारी खै ?

जल तथा मौसम विज्ञान विभागले यस वर्ष सरदर भन्दा बढी पानी पर्ने अनुमान गरेको छ भने राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यस वर्ष मनसुन अवधिमा गत वर्ष भन्दा जोखिम धेरै रहेको बताइसकेको छ । तर, प्राकृतिक विपदको चपेटामा परिरहने रामेछापमा विपद पुर्वको तयारीमा सरकार जिम्मेवार देखिँदैन । चुनाव जितेका जनप्रतिनिधि अहिलेसम्म बधाई थाप्न […]

स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकनमा मन्थली नगरपालिका पहिलो

रामेछापको ८ स्थानीय तहमध्ये स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकनमा मन्थली नगरपालिका पहिलो भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आर्थिक वर्ष २०७७–७८ मा गरेको स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकनमा ६५.२५ अंकभार ल्याउँदै मन्थली नगरपालिका जिल्लाकै पहिलो बन्न सफल भएको हो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले शासकीय प्रबन्ध, संगठन तथा प्रशासन, वार्षिक […]

रामेछापको ८ वटै स्थानीय तहले कार्यपालिका गठन गरे,अब जिसस निर्वाचनको तयारी

रामेछापको ८ वटै स्थानीय तहले कार्यपालिका गठन गरेका छन् । जिल्लाका आठ स्थानीय तह मध्ये मन्थली नगरपालिका, उमाकुण्ड गाउँपालिका, लिखु तामाकोशी गाउकार्यपालिका गठनमा मतदान भएको भएपनि रामेछाप नगरपालिका, गोकुलगंगा गाउँपालिका, दोरम्बा शैलुङ् गाउँपालिका, सुनापति गाउँपालिका र खाँडादेवी गाउँपालिकामा निर्विरोध कार्यपालिका गठन भएको छ । अब जिल्ला समन्वय समितिको निर्वाचन जेष्ठ २९ गते गर्ने तयारी भैरहेको […]

ईरामेछाप दृष्टि : सजिलो हुने छैन ‘नविन’ लाई ५ वर्षे कार्यकाल !

रामेछापको सदरमुकाम मन्थलीसंगै जोडिएको सानो र सुन्दर गाउँ सुनारपानी, अहिले मन्थली नगरपालिकाको ५ नम्बर वडामा समाहित छ । सुनारपानी परिवर्तनको पिडामा छटपटाएको निकै लामो समय भएको थियो । त्यो परिवर्तनको पिडालाई मेटाउन युवा वर्ग नै होमिनुपर्ने आवश्यकता देखेर विभिन्न दलमा आवद्ध स्थानिय युवाहरु स्थानिय तह निर्वाचन २०७९ मा सुनारपानिको नेतृत्व लिन चुनावी मैदानमा होमिएका थिए […]

रामेछापको दुई नगरपालिका हाँक्ने दुई लब,सम्वृद्ध नगरपालिका बनाउने दुबैको अठोट

रामेछाप जिल्लाको दुई नगरपालिका रामेछाप र मन्थलीमा लबश्री न्योपाने र लब श्रेष्ठ निर्वाचित हुनुभएको छ । ८ वटा स्थानिय तह रहेको जिल्लामा २ नगरपालिका र ६ गाउँपालिका छन । दुई नगरपालिका मध्ये रामेछाप नगरपालिकाको प्रमुखमा लबश्री न्यौपाने र मन्थली नगरपालिकाको प्रमुखमा लब श्रेष्ठ निर्वाचित हुनुभएको छ । लबश्री न्यौपाने नेपाली कांग्रेसबाट नगर प्रमुखमा उम्मेदवार बनेर […]

रामेछापको मतदान स्थलमा सुरक्षा व्यवस्था कडा,ढुक्क भएर मतदानमा सहभागी हुन आग्रह

भोलि हुने निर्वाचनका लागि जिल्ला प्रशासन कार्यालय रामेछापले मतदान स्थलमा सुरक्षा व्यवस्था कडा बनाएको छ । रामेछापको २५ वटा मतदान स्थललाई अति संवेदनशील वर्गको वर्गीकरण भएसँगै ती मतदानस्थलमा सुरुक्षा व्यवस्था कडा पारिएको जिल्ला निर्वाचन कार्यालय रामेछापले जानकारी दिएको छ । जिल्ला प्रशासन कार्यालयले निर्वाचन लक्षित ‘एकीकृत सुरक्षा योजना’ कार्यान्वयनमा ल्याएसँगै अति संवेदनशील र संवेदनशील केन्द्रमा […]