चाडपर्व लक्षित सुपथ मूल्य पसल आगामी असोज १ बाट सञ्चालन हुँदै 

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले चाडपर्व लक्षित सुपथ मूल्य पसल आगामी असोज १ गतेबाट सञ्चालन गर्ने तयारी अन्तिम चरणमा पु¥याएको छ । यस वर्ष खाद्यान्नमा प्रति किलो ७ रुपैयाँ छुट दिने तयारी गरिएको छ । सुपथ मूल्य पसलबाट ज्युँदो खसी बोकामा प्रति किलो १० रुपैयाँ छुट दिने तथा यस वर्ष कर्णालीबाट ल्याएको सिमीमा प्रति किलो […]

१ लाख १५ हजार म्यादी प्रहरीमा भर्ना खुल्यो

नेपाल प्रहरीले आसन्न निर्वाचनको लागि म्यादी प्रहरीको भर्ना खुला गरेको छ । प्रहरी प्रधान कार्यालयको मानव श्रोत विकास विभागको भर्ना छनौट शाखाले म्यादी प्रहरी भर्ना छनौट, नियुक्ति तथा परिचालन सम्बन्धी मापदण्ड अनुसार एक लाख १५ हजार म्यादी प्रहरीका लागि दरखास्त आह्वान गरेको हो । इच्छुक नेपाली नागरिकले भदौ ३० गतेदेखि असोज ६ गतेसम्म सार्वजनिक बिदाको […]

प्रदेश र सङ्घको निर्वाचनका लागि १० हजारभन्दा धेरै मतदानस्थल

निर्वाचन आयोगले आगामी मङ्सिर ४ मा हुने प्रदेश र सङ्घको निर्वाचनका लागि १० हजारभन्दा धेरै मतदानस्थल कायम भएको जनाएको छ । मतदानस्थल तथा मतदान केन्द्र निर्धारण कार्यविधि २०७७ बमोजिम निर्वाचन आयोगले केही मतदानस्थल पुनरावलोकन गरेको जनाएको छ । जिल्लाभरका मतदानस्थल पुनरावलोकन हुँदा १ हजार १ सय २३ मतदान स्थलको त्रुटि सच्याइएको, साविकका ३ सय ६५ […]

अलपत्र रहेका जेष्ठ नागरिकलाई अब स्थानीय तहले पालनपोषणको व्यवस्था गर्नुपर्ने

सरकारले जेष्ठ नागरिकसम्बन्धी (पहिलो संशोधन) ऐन, २०७९ आजबाट कार्यान्वयनमा ल्याएको छ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले आज ऐन राजपत्रमा प्रकाशित गरेसँगै कार्यान्वयनमा आएको हो । ऐन कार्यान्वयनमा आएसँगै अबदेखि बुबा–आमा तथा जेष्ठ नागरिकका हकवाला र नातेदारले जेष्ठ नागरिकलाई अलपत्र पारेमा उनीहरूले जेष्ठ नागरिकको सम्पत्तिमा समेत दावी गर्न पाउने छैनन् । ऐन अनुसार बुबा–आमा […]

आजदेखि मतदाता नामावली अद्यावधिक गर्न पाइने

निर्वाचन आयोगले आजदेखि मतदाता नामावली अद्यावधिक गर्दैछ । आउँदो मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको चुनावका लागि आज सम्बन्धित वडा कार्यालय र निर्वाचन कार्यालयमा मतदाता नामावली प्रकाशन गरिने आयोगले जनाएको छ । आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले नामावलीमा रहेका त्रुटि सच्याउन, नामावलीमा प्रकाशित व्यक्तिको विवरणको विरोधमा उजुरी दिन साथै मतदाताको एकभन्दा बढी […]

अधिकांस करार तर्फका कर्मचारीहरुलाई साउन १ गते देखि हाजिर नगर्न मन्थली नगरपालिकाको निर्देशन

अधिकांस करार तर्फका कर्मचारीहरुलाई साउन १ गते देखि हाजिर नगर्न रामेछापको मन्थली नगरपालिकाकाले निर्देशन दिएको छ । नगरपालिकाले एक सूचना जारी गर्दै केहि बाहेक सवै करार तर्फका कर्मचारीहरुलाई साउन १ गते देखि हाजिर नगर्न,नगराउन निर्देशन दिएको मन्थली नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत लिलाराज पौडेलले जानकारी दिनुभयो । मन्थली नगरपालिकाद्धारा जारी सुचनामा करार थप गर्ने विषयमा अर्को […]

रामेछाप नगरपालिकाको आव २०७८/०७९ को सार्वजनिक सुनुवाई सम्पन्न

रामेछाप नगरपालिकाको चालु आर्थिक बर्ष २०७८/०७९ मा संचालित विकास आयोजना तथा कार्यक्रमहरुको प्रभावकारीता तथा सेवा प्रवाहको अवस्था विषयक सार्वजनिक सुनुवाई कार्यक्रम आज सम्पन्न भएको छ । सार्वजनिक सुनुवाई कार्यक्रममा नगरपालिकाका सुचना अधिकारी होम बहादुर थापाले नगरको समग्र प्रगति प्रतिवेदन सहित आर्थिक क्षेत्रमा सम्पन्न योजना विवरण जानकारी गराउनु भएको थियो । सुचना अधिकारी थापाले आर्थिक बर्ष […]

कर्मचारी अभाबमा डिभिजन वन कार्यालय रामेछापको काम प्रभावित

डिभिजन वन कार्यालय रामेछापमा लामो समयदेखी दरवन्दी अनुसारका कर्मचारीको पदपूर्ति हुन नसक्दा कार्यालयले सम्पादन गर्ने दैनिक कामहरु प्रभावित हुँदै आएको छ । कार्यालयमा अधिकृत छैँठौँ,लेखाअधिकृत,रेन्जर,फरेस्टर,वन रक्षक लगायतका कर्मचारीहरुको अभाव रहेको छ । ४३ जनाको दरवन्दी भएको डिभिजन वन कार्यालयमा हाल २२ जना कर्मचारी मात्र कार्यरत रहेका छन् । डिभिजन वन कार्यालय माताहतका जिल्लाका ६ वटा […]

आर्थिक वर्षको अन्त्यमा विकासे चटारो

अहिलेको समय आर्थिक वर्षको अन्त्य यानिकी असार हो । यतिबेला नेपालमा सबैलाई आर्थिक वर्षको चटारो लागेको छ । नुन देखी सुनको व्यापार व्यावसाय गर्ने सबैलाई आआफ्नै चटारो छ । नेपाल सरकार पनि कसरी धेरै राजश्व संकलन गर्न सकिन्छ भन्ने हतारोमा छ । ११ महिना देखी ठप्प रहेका सम्पूर्ण विकास निर्माण कार्यहरु यति बेला जुको झैं […]

गौरीशंकर माविले विद्यार्थीबाट बढी शुल्क असुल्दै आएको अभिभावकको गुनासो

संविधानमै विद्यालय तहको शिक्षा निः शुल्क हुने उल्लेख गरिएको छ । तर पनि रामेछाप जिल्लाकै पहिलो माध्यमिक विद्यालय श्री गौरीशंकर माध्यमिक विद्यालयले विद्यार्थीबाट बढी शुल्क असुल्दै आएको अभिभावकहरुले गुनासो गरेका छन । रामेछाप नगरपालिका ७ का निरु थापाले छोरालाई कक्षा ९ मा भर्ना गर्नुभयो । अँग्रेजी माध्यममा पढाउन छोरालाई भर्ना गर्दा उहाँले एक वर्षको शुल्क […]