युवा परिषद्ले देशभरका बेरोजगारलाई उद्यमशिल बनाउन तालिम दिने

युवा तथा खेलकुद मन्त्रालय मातहतको राष्ट्रिय युवा परिषद्ले स्थानीयस्तरमा बेरोजगार युवालाई उद्यमशिल बनाउन अभियान चलाउने भएको छ ।युवाहरुको रुचि र आवश्यकताका आधारमा उनीहरुलाई तालिम दिने तयारी गरिएको परिषद्का कार्यकारी उपाध्यक्ष माधव ढुङ्गेलले बताउनुभयो ।उहाँका अनुसार परिषद्को संयोजन र बिभिन्न राष्ट्रिय तथा अन्तरराष्ट्रिय सङ्घसंस्थासँगको समन्वयमा युवाहरुलाई तालिमको आयोजना गरिनेछ । बेरोजगार युवाको आवश्यक र रुचि पहिचान […]

विद्यालय तहमा नयाँ पाठ्यक्रम हाललाई कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

सर्वोच्च अदालतले विद्यालय तहको राष्ट्रिय पाठ्यक्रम प्रारुप, २०७६ हाललाई कार्यान्वयन नगरी यथास्थितिमा राख्न उत्प्रेषणको आदेश दिएको छ । यो आदेशसँगै यसै शैक्षिकसत्रदेखि कक्षा ११ मा ‘सामाजिक अध्ययन र जीवनोपयोगी शिक्षा’ लाई अनिवार्य विषय बनाउने नेपाल सरकारको निर्णय अन्योलमा परेको छ ।न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलाशले अन्तरिम आदेशमाको टुङ्गो नलागेसम्म उक्त प्रारुप कार्यान्वयन नगर्न हिजो आदेश […]

विकासका काममा प्रदेश र स्थानीय सरकारबीच छैन समन्वय

संविधानले प्रदेश सरकारको लागि २१ ओटा अधिकार प्रदान गरेको छ । संविधान प्रदत्त अधिकार अनुसार प्रदेश सरकारले बिभिन्न योजना, आयोजनाहरू सञ्चालन गरिरहेका छन् । तर स्थानीय सरकारसँग समन्वय नभएका कारण प्रदेशका आयोजनाहरू प्रभावकारी भने बन्न सकेको छैन । डडेल्धुराको गन्यापधुरा गाउँपालिकामा प्रदेश सरकारका सिँचाइ, खानेपानी, सडक निर्माण लगायतका १२ वटा योजना सञ्चालनमा छन् । तर, […]

ट्राफिक प्रहरी रामेछापको सफलता यस वर्षको दशैँमा दुर्घटनामा कमी

रामेछाप जिल्लामा पछिल्लो समयमा सवारी चेक जाँचमा कर्डाई गरिएसँगै यस वर्ष दशैँमा सवारी दुर्घटनामा कमी आएको छ । यस वर्ष जिल्ला ट्राफिक प्रहरी कार्यलय रामेछापले दशैँ तिहार लक्षित विशेष सुरक्षा चेक जाँच तथा अनुगनमा कडाई गरेको थियो । यस वर्ष दशैँ तिहारको समयमा जिल्लामा मानविय क्षति हुने गरी एउटा पनि दुर्घटना नभएको जिल्ला प्रहरी कार्यालय […]

कोरोना महामारीमा दसैको रमाइलो घट्यो

हिन्दु धर्मावलम्वीहरुको ठूलो पर्व विजया दशमी दुर्गा भवानीको प्रसादस्वरुप मान्यजनका हातबाट टीका र जमरा लगाएर धुमधामका साथ मनाउने गरिन्छ । यस वर्षको विजया दशमी पर्व भने कोरोनाको कहरका कारण गाउँघरमा त्यति रमाइलो छैन । घटस्थापना शुरु भएपछि गाउँघरमा दसैँ पर्वको छुट्टै रौनक हुन्थ्यो । रोजगार, अध्ययनका साथै विभिन्न कामको शिलशिलामा देश तथा विदेशमा रहेका नेपाली […]

चाडपर्व लागेसँगै रामेछापका बजारहरुमा भिडभाड, संक्रमण तीव्ररुपमा फैलिने खतरा

चाडपर्वलागेसँगै रामेछापका बजारहरुमा भिडभाड बढ्न थालेको छ । चाडबाडमा कोरोना भाइरसको जोखिम बढ्ने भन्दै सतर्क रहन आग्रह गरिएको छ । तर, बजारमा मानिसहरुको चहलपहल बढ्दा कोरोना भाइरसको संक्रमण तीव्ररुपमा फैलिने जोखिम झनै बढ्ने देखिन्छ । चाडबाडको समयमा आवतजावत बढ्दा कोरोना भाइरसको जोखिम बढ्ने देखिएको छ । रामेछापमा पछिल्लो समय कोरोना संक्रमितको संख्या तीव्रगतिमा फैलिएको छ […]

नेपाल प्रहरीको प्रहरी हवल्दार र जवानको उत्प्रेरण अभिवृद्धि सम्बन्धी प्रतिवेदन सार्वजनिक

नेपाल प्रहरीमा कार्यरत प्रहरी हवल्दार तथा जवानको मनोबलको वर्तमान अवस्था, कारक तत्व तथा उत्प्रेरणा अभिवृद्धिका क्षेत्र सम्बन्धी अध्ययन प्रतिवेदन सार्वजनिक भएको छ । प्रहरी प्रधान कार्यालयमा हिजो एक कार्यक्रमकाबीच प्रहरी महानिरीक्षक शैलेश थापाले प्रतिवेदन सार्वजनिक गर्नुभएको हो । प्रदिवेदन सार्वजनिक गर्दै प्रहरी महानिरीक्षक थापाले यस अध्ययन प्रतिवेदनबाट आएका निस्कर्षले आउने दिनमा मातहत कर्मचारीलाई कसरी सम्बोधन […]

रामेछापमा यात्रु सहायत कक्ष सञ्चालनमा,सवारी आवागमनमा थप कडाई

चाडपर्वलाई मध्यनजर गरेर रामेछापमा प्रहरीले यात्रु सहायता कक्ष सञ्चालनमा ल्याएको छ । दसैँ, तिहारलाई लक्षित गर्दै रामेछाप प्रहरीले यात्रु सहायता कक्ष स्थापना गरेको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापले रामेछाप सदरमुकाम मन्थली ,सेलेघाट र खिम्तीमा यात्रु सहायता कक्ष स्थापना गरेको हो । दसैँ, तिहार जस्ता चाँडपर्वमा हुने यात्रुको चाप, यात्रुमा हुन सक्ने अभद्र व्यवहार, […]

वाग्मती प्रदेशले कोरोना सङ्क्रमितको निःशुल्क उपचारलाई निरन्तरता दिने

वाग्मती प्रदेश सरकारले कोरोना सङ्क्रमितको निःशुल्क उपचारलाई निरन्तरता दिने जनाएको छ । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको सचिवालयले प्रदेश सरकार मातहतका सबै अस्पतालमा कोभिड १९ को निःशुल्क उपचार भइरहेको जनाएको छ । प्रदेश सरकारको मातहतमा रहेका मकवानपुरको हेटौंडा अस्पताल, सिन्धुलीको जिल्ला अस्पताल, रामेछापको जिल्ला अस्पताल, धादिङको जिल्ला अस्पताल, रसुवाको जिल्ला अस्पताल, भक्तपुरको जिल्ला अस्पताल, नुवाकोटको […]

रामपुरमा घर घरमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण

चाडपर्वलाई लक्षित गर्दै रामेछाप नगरपालिका वडा नम्बर ५ रामपुरले घरघरमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ । लामो समयको लकडाउन र अहिले नजिँदो चाडपर्वलाई लक्षित गर्दै घरघरमा पुगेर समाजिक सुरक्षा भक्त वितरण गरिएको वडाअध्यक्ष भिम बहादुर तामाङले बताउनुभयो । दशैँको चहलपहल सुरु भईसकेको अवस्थामा सामाजिक सुरक्षा भत्ता पाउन योग्य नागरीकहरुलाई चाडपर्व मनाउन सहयोग पुगोस […]