रामेछाप सुकाजोरका ५१ जना जेष्ठ नागरीकलाई वडा कार्यालयद्धारा सम्मान

रामेछाप सुकाजोरका ५१ जना जेष्ठ नागरीकलाई वडा कार्यालयद्धारा सम्मान

रामेछापको रामेछाप नगरपालिका वडा नं ७ सुकाजोरका ५१ जना जेष्ठ नागरीकलाई वडाकार्यालयले सम्मान गरेको छ । आज वडा कार्यालयमा एक कार्यक्रमको आयोजना गरी वडाका जेष्ठ नागरीकहरुलाई सम्मान गरिएको हो ।

रामेछाप नगरपालिकाका नगर प्रमुख लबश्री न्यौपानेको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा बोल्दै नगर प्रमुख न्यौपानेले जेष्ठ नागरिकहरू प्रेरणाको श्रोत भएको भन्दै सम्मान गर्न पाउँदा निकै खुशी लागेको बताउनुभयो । अब आउने दिनमा जेष्ठ नागरिकहरुको लागि थप नया योजना ल्याई सहयोग र सम्मान गर्नेमा आफु प्रतिबद्ध रहेको उहाँको भनाई छ ।

वडाअध्यक्ष समिर कार्कीले जेष्ठ नागरिक परिवार र समाजका गहना भएकोले सबैले जेष्ठ नागरिकहरुलाई आदर र सम्मान गर्नुपर्ने बताउनुभयो । वडाका ८३ वर्ष नाघेका जेष्ठ नागरीकहरुलाई सम्मान गरिएको भन्दै उहाँले कार्यक्रममा उपस्थित हुन नसकेका बाँकी सबैलाई उहाँहरुको घरमै उहाँहरुले प्राप्त गरेको सामान पठाउने व्यवस्था मिलाइएको बताउनुभयो ।

जाडोमा ओढ्ने कमल,बक्तिमा पानी तताउने जग,हर्लिक्स,बिस्कुट सहित उहाँहरुलाई सम्मान गरिएको होे । रामेछाप नगरपालिका वडा नं ७ ले नेपाल सरकारले प्रदान गर्ने सामाजिक सुरक्षा भक्ता नागरीकको घरघरमा गएर वितरण गर्दै आएको छ । यसले पनि जेष्ठ नागरीकहरुलाई निकै सहज भएको छ ।

साथै वडा नं ७ ले वडा कार्यालयबाट प्रवाह हुने सेवा सुविधा तथा विकास गतिविधिहरुको बारेमा सरोकारवालाहरुसँग अन्तरकृया कार्यक्रम पनि गरेको छ । वडाले गरिरहेको काम र आगामी दिनमा गर्नुपर्ने कामहरुका बारेमा सरोकारवालाहरुले विभिन्न सुझावहरु दिएका छन ।

वडामा रहेका विभिन्न राजनीतिक दलका प्रतिनिधी,शिक्षक,महिला स्वयमसेवीका,विभिन्न क्लबका प्रतिनिधीहरु सहभागी अन्तक्रियामा शिक्षा,स्वास्थ्य,सडक,कृषि,पर्यटन र खेलकुदका कार्यक्रमहरुमा रहेर सरोकारवालाहरुले विभिन्न सुझावहरु दिएका हुन । सरोकारवालाहरुबाट आएका सुझावहरु अनुसार नै वडाका आगामी योजना तथा कार्यक्रमहरु संचालन हुने वडाअध्यक्ष समिर कार्कीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार