रामेछाप नगरपालिकाका विद्यालय कर्मचारीहरुले बुझाए नगरप्रमुखलाई माग पत्र

रामेछापको रामेछाप नगरपालिकाका विद्यालय कर्मचारीहरुले नगरप्रमुख नर बहादुर थापा मगरलाई आज माग पत्र बुझाएका छन । स्वतन्त्र विद्यालय कर्मचारी संघर्ष समिती मार्फत आज उनिहरुले आफुहरुको माग सम्बोधन गर्न नगरप्रमुख समक्ष आग्रह गरेका हुन । अति न्युन पारिश्रमिकमा काम गर्नुपरेको भन्दै विद्यालय कर्मचारीहरुले सरकारले नै श्रमिकको मासिक न्युनतम तलब १५ हजार रुपैयाँ तोकेको भएपनि सरकारकै निर्णयबाट […]

जनगणनाका लागि सुपरीवेक्षक रामेछापको गाउँगाउँमा

राष्ट्रिय जनगणना २०७८ को पहिलो चरणको गणनाका लागि सुपरीवेक्षक रामेछपको गाउँगाउँमा पुगेका छन् । उनीहरुले घरघरमा पुगेर सूचीकरण फारम भर्न थालेका छन् । सूचीकरणका लागि रामेछाप जिल्लाभरी सुपरीवेक्षक परिचालन गरिएको जिल्ला जनगणना कार्यालयले जनाएको छ । जनगणनाका लागी जिल्लामा ६९ जना सुपरिवेक्षक परिचालन भएका छन् । १२ औं राष्ट्रिय जनगणनाको लागि जिल्ला भरीमा ६९ जना […]

रामेछाप कारागारबाट १३ जना कैदी जेल मुक्त

संविधान दिवस २०७८ को अवसरमा रामेछाप कारागारमा रहेका १३ जना कैदी जेल मुक्त भएका छन् । जेल मुक्त हुने १३ जना कैदि विभिन्न मुद्धामा जेल सजाय भोगिरहेकाहरु हुन । ८ जना कर्तव्य ज्यान मुद्धा,१ जना ज्यान मार्ने उद्योग,१ जना ज्यान सम्बन्धि कसुर,२ जना बहुविवाह र १ जना सवारी ज्यान मुद्धामा जेल सजाय भोगिरहेकाहरु जेल मुक्त […]

आजदेखि सरकार बजेटबिहिन अवस्थामा,खर्चलाई लिएर कर्मचारी अन्यौलमा

प्रतिनिधिसभाले बजेटसम्बन्धी प्रतिस्थापन विधेयक टुङ्गो लगाउन नसकेपछि इतिहासमै पहिलो पटक सरकारी खर्च गर्ने बाटो बन्द भएको छ । सरकारले उद्योगी, व्यवसायी तथा आम नागरिकबाट कर संकलन गर्नेछ तर त्यो रकम आजबाट विकास निर्माण वा आम नागरिकको हितमा खर्च गर्न पाउने छैन । संवैधानिक व्यवस्थाअनुसार तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले गत जेठ १५ गते अध्यादेशमार्फत ल्याएको बजेट हिजोसम्म […]

आज रातीदेखि सरकारी खर्च रोकिने

प्रतिस्थापन विधेयक समयमै पारित नहुँदा आजरातीदेखि सरकारी खर्च रोकिने भएको छ। संसद सुचारु हुँदा ६० दिनभित्र बजेट अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयक संसदबाट पारित गर्नुपर्ने व्यवस्था छ। अघिल्लो सरकारले १५ जेठमा ल्याएको बजेट अध्यादेश ३ साउनमा संसदमा पेश भएको थियो । बजेट अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयक संसदबाट पारित गर्नुपर्ने व्यवस्थाअनुसार आज राति देखि विद्येयक पारित गर्ने […]

कर्मचारीहरूको पदपूर्ति सहज नहुँदा कामकाज प्रभावित

मुलुक सङ्घीयतामा प्रवेश गरेको ४ वर्ष बितिसक्दा पनि कर्मचारीहरूको पदपूर्ति सहज हुन नसक्दा कामकाज प्रभावित बनेको छ । कार्यालयहरूमा माग भए अनुसारको कर्मचारी नहुँदा सेवा प्रवाहमा समस्या हुने गरेको छ । विशेषगरी प्रशासन र स्वास्थ्य सेवा क्षेत्रमा कर्मचारी अभावकै कारण सेवाग्राही सेवा लिनबाट बञ्चित हुने गरेका छन् । कर्मचारीको पदपूर्ति समयमै नहुँदा त्यसले समग्र देशको […]

अब रामेछापमा भौतिक उपस्थितिमा पठनपाठन सन्चालन हुने

रामेछाप जिल्लामा भौतिक उपस्थितिमा पठनपाठन सन्चालन हुने छ । आज बसेको कोरोना रोकथाम तथा नियन्त्रण समिति (डिसिसिएमसी) को बैठकले जिल्लाका सबै सामुदायिक तथा निजी बिद्यालय संचालन गर्न दिने निर्णय गरेको हो । लामो समयदेखि भौतिक रुपमा विद्यालय संचालन नभएको, सबै विद्यार्थीको पँहुचमा इन्टरनेट नभएको, कोभिड–१९ को जिल्लाको अवस्था विश्लेशण गर्दा घट्ने क्रममा रहेको र स्मार्ट […]

रामेछापमा जारी निषेधाज्ञा भदौ २२ गतेसम्म थप

रामेछाप जिल्लामा जारी निषेधाज्ञालाई फेरी थप गरिएको छ । जिल्लामा कोरोनाको जोखिम कायमै रहेको भन्दै जिल्ला स्तरीय कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको बुधबार बसेको बैठकले जारी निषेधाज्ञालाई भदौ २२ गते मध्यरातिसम्म थप गर्ने निर्णय गरेको हो । निषेधाज्ञामा के के गर्न पाईदैन ? खुल्ला स्थानमा मानिसहरु भेला तथा जम्मा हुने, भिडभाड हुने, सभा, जुलुस, जात्रा, महोत्सव, […]

स्वर्गको एउटा टुक्रा शैलुङ,मनै लोभ्याउने दृश्य (फोटोफिचर)

रामेछाप र दोलखाको सिमानामा अवस्थित स्वर्गको एउटा टुक्रा शैलुङ डाँडा यति बेला हरियाली छ । यति बेला शैलुङ आन्तरीक तथा बाह्य पर्यटकहरुको स्वागत गर्न सजिएर बसेको छ । रामेछापको दोरम्बा शैलुङ गाउँपालिका र दोलखाको शैलुङ गाउँपालिकाको सिमानामा पर्ने शैलुङ आन्तरिक तथा बाह्य पर्यटकको रोजाईमा पर्ने गरेको छ । समुन्द्री सतहदेखि तीन हजार तीनसय मिटर उचाइमा […]

रामेछाप नगरपालिकाले महिलालाई निःशुल्क ड्राइभिङ तालिम दिने

रामेछापको रामेछाप नगरपालिकाले महिलाको लागि निःशुल्क ड्राइभिङ तालिम दिने भएको छ । महिलाहरुलाई सीप सिकाएर आत्मनिर्भर बनाउन नगरका २० जना महिलाहरुलाई १५ दिने ड्राइभिङ तालिम दिन लागिएको नगरपालिकाका उपप्रमुख सृजना खड्काले बताउनुभयो । नगरपालिकाले एक सुचना जारी गर्दै ड्राइभिङ तालिम सिक्न चाहने महिलाहरुलाई आवेदन दिन आग्रह गरेको छ । तालिममा छनोट गर्दा नगरपालिकाले विपन्न, असहाय, […]