रामेछाप महोत्सवको चौथो दिन प्रमोद खरेलले तताए महोत्सव

रामेछाप महोत्सवको चौथो दिन प्रमोद खरेलले तताए महोत्सव

रामेछाप उद्योग वणिज्य संघको आयोजनामा यही पौष २६ गतेदेखी सुरु भएको वृहत् रामेछाप महोत्सवमा सुगम संगीतका चर्चीत गायक प्रमोद खरेलले दर्शकहरुलाई नचाएका छन् ।

खरेलको उत्कृष्ट प्रस्तुतिले आइतबार(आज) महोत्सवमा दर्शकले भरपुर मनोरञ्जन लिएका हुन । उनको प्रस्तुतिमा युवाहरु once more भन्दै झुमेका थिए । उनले आफ्ना लोकप्रीय एवं चर्चीत गीतहरु प्रस्तुत गरेका थिए । एक घण्टा भन्दा बढी समय गाएका प्रमोदले महोत्सव स्थलमा उपस्थित सबै दर्शकलाई छमछमी नचाएका हुन ।

दर्शकले खचाखच भरिएको महोत्सव स्थलमा स्टेच तताउन खप्पीस गायक खरेलले स्रोता एवं दर्शकहरुको रोजाईका गीतहरु गाएका थिए । गायक खरेलसँगै अन्य कलाकारहरु लोकेन लामा,भोजराज काफ्ले,सीता थापा र प्रवेश घतानीले पनि सांगीतिक प्रस्तुति दिएका थिए ।

मंगलबार माघ १ गते माघे संक्रान्तिका दिन गायक  रामकुमार नेपाली,कृष्ण बम मल्ल,नवीन पुलामी मगर,सावित्री भुजेल,गुणराज श्रेष्ठ,राजेन्द्र कुमार कार्की,लक्ष्मी मल्ल र मिलन लामाले प्रस्तुति दिनेछ्न ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार