रामेछापमा आजै १ सय ५१ जनाले जिते कोरोना

रामेछापमा आजै १ सय ५१ जनाले जिते कोरोना

रामेछापमा आज एकैदिन १५१ जना कोरोना सङ्क्रमित सङ्क्रमणमुक्त भएका छन् । यो सँगै जिल्लामा कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ४७८ पुगेको छ । मङ्गलबार मन्थली नगरपालिकाका ६९ जना, दोरम्बा शैलुङ गाउँपालिकाका ४० जना, सुनापति गाउँपालिकाका २४ जना, रामेछाप नगरपालिकाका १४ जना र खाँडादेवी गाउँपालिकाका ४ जना कोरोनामुक्त भएको स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ ।

जिल्लामा कोरोना संक्रमणलाई जितेर घर फर्कनेको संख्या बढेको छ । हाल जिल्लाको तथ्यांकलाई हेर्दा सक्रिय संक्रमीत भन्दा संक्रमण जितेर घर फर्कनेको संख्या बढि रहेको छ । जिल्ला स्वास्थ्य कार्यालय रामेछापले दिएको जानकारी अनुसार हाल जिल्लामा ४ सय ७८ जनाले कोरोना जितेर घर फर्किएका छन । जुन संक्रमीत संख्याको ५१.९६ प्रतिशत हुन आउँछ । हाल सक्रिय संक्रमितको संख्या ४ सय ३७ जना रहेका छन । जुन संक्रमीत संख्याको ४७.५० प्रतिशत हुन आउँछ । हाल सम्म मृत्यु हुनेको संख्या ५ रहेको छ । जुन संक्रमीत संख्याको ०.५४ प्रतिशत हुन आउँछ छ ।

आज जिल्लामा ९५ जना कोरोना सङ्क्रमित थपिएका छन् । यो सँगै जिल्लामा कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या ४३७ पुगेको छ । आज रामेछाप नगरपालिकाका ५९ जना, उमाकुण्ड गाउँपालिकाका ११ जना र लिखुतामाकोशी गाउँपालिकाका सात जनामा पीसिआर परीक्षणबाट कोरोना सङ्क्रमण पुष्टि भएको छ । यस्तै जिल्ला अस्पतालमा तीन जना, खाँडादेवी गाउँपालिकाका आठ जना, प्राथमिक स्वास्थ्य केन्द्रमा एक जना र लिखुतामाकोशी गाउँपालिकाका ६ जनामा एन्टिजेन्ट परीक्षणबाट कोरोना पुष्टि भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार