तामाकोसी अस्पताल मन्थलीमा एक कोरोना संक्रमित पुरुषको मृत्यु

तामाकोसी अस्पताल मन्थलीमा एक कोरोना संक्रमित पुरुषको मृत्यु

रामेछापमा कोरोना भाइरस(कोभिड–१९) का कारण आज फेरी एक पुरुषको मृत्यु भएको छ । तामाकोसी अस्पताल मन्थलीमा आज जिल्लाको मन्थली नगरपालिका  वडा नं १ का ६६ वर्षका पुरुषको कोरोना संक्रमणको कारण ज्यान गएको स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ । कोरोना संक्रमणको कारण तामाकोसी अस्पताल मन्थलीमा उपचाररत उक्त पुरुषको ज्यान गएको हो । यो सँगै जिल्लामै कोरोना संक्रमित भएर ज्यान गुमाउनेको संख्या ३ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार