रामेछापमा थपिए १४ जना कोरोना संक्रमित

रामेछापमा थपिए १४ जना कोरोना संक्रमित

रामेछाप जिल्लामा दैनिक कोरोना संक्रमित थपिने क्रम जारी छ । आज मात्रै जिल्लामा १४ जना कोरोना संक्रमित थपिएका छ्न ।

दोरम्बा गाउँपालिकाका ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला अस्पतालमा २ जना र खाँडादेवी गाउँपालिकामा १ जनागरी ३ जनामा एन्टिजिन पोजेटिभ देखिएको स्वास्थ्य कार्यालय रामेछापले जानकारी दिएको छ ।

यो सँगै कोरोनाको दोश्रो लहर अन्तर्गत जिल्लामा कोरोना संक्रमित हुनेको संख्या ५०५ पुगेको छ । पिसिआर परिक्षण मार्फत ४३२ र एन्टिजिन परिक्षण मार्फत ७३ जनामा कोरोना संक्रमण देखिएको हो ।

यी मध्ये १४५ जना उपचार पछि स्वास्थ भैसकेका छ्न । जिल्लामा कोरोनाका सक्रिय संक्रमित संख्या ३५८ जना रहेको छ । ६ जनालाइ भने जिल्लामा उपचार सम्भव नभएर अन्यत्र रिफर गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार