काठमाडौंका अस्पताललाई अक्सिजन व्यवस्थापनको जिम्मा स्वास्थ्य मन्त्रालयलाई

काठमाडौंका अस्पताललाई अक्सिजन व्यवस्थापनको जिम्मा स्वास्थ्य मन्त्रालयलाई

काठमाडौं उपत्यकाका सबै सरकारी तथा निजी अस्पताललाई अक्सिजन व्यवस्थापनको जिम्मा स्वास्थ्य मन्त्रालयलाई दिइएको छ। हिजो मुख्य सचिवको कार्यकक्षमा बसेको विभिन्न मन्त्रालयका सचिवहरुको बैठकले आजदेखि आवश्यक अक्सिजन सिलिण्डरको आपूर्तिको व्यवस्था स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गर्ने निर्णय गरेको हो ।

मेडिकल अक्सिजनको प्रयोग र आवश्यकता सम्बन्धी मापदण्ड, २०७८ अनुसार मन्त्रालयले व्यवस्थापन मिलाउने सीसीएमसीका सहसचिव नुरहरी खतिवडाले जानकारी दिनुभयो । स्वास्थ्य मन्त्रालयलाई गृह मन्त्रालय र स्थानीय प्रशासनले आवश्यक सहयोग उपलब्ध गराउने निर्णय पनि भएको छ।

सोही निर्णय अनुसार कुन अस्पताललाई कति अक्सिजन दिने भन्ने आदेश पनि आजदेखि स्वास्थ्य मन्त्रालयले नै जारी गर्ने भएको छ।अस्पतालले अक्सिजनको माग फारम नपठाउँदा सीसीएमसीले हिजो अक्सिजन वितरणको आदेश समेत जारी गर्न सकेको छैन। बुधबार जारी भएकै आदेश अनुसार वितरण गर्न अक्सिजन उद्योगहरुलाई निर्देशन दिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार