रामेछापमा थपिए ४४ जना कोरोना संक्रमित

रामेछापमा थपिए ४४ जना कोरोना संक्रमित

रामेछापमा आज थप ४४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । आज उमाकुण्ड गाउँपालिकाका २१ जना, खाँडादेवी गाउँपालिकाका २१ जना र जिल्ला अस्पतालमा गरिएको एन्टिजेन्ट परीक्षणमा दुईजना गरी ४४ जनामा कोरोना सङ्क्रमण देखिएको छ ।

पीसिआर परीक्षणबाट २१ जना र एन्टिजेन्ट परीक्षणबाट २३ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत भुवन थापाले जानकारी दिनुभयो । योसँगै जिल्लामा कोरोना सङ्क्रमित हुनेको कुल सङ्ख्या २६६ जना पुगेको छ । ४६ जना उपचारपछि निको भएका छन ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार