रामेछापमा थपिए २१ जना कोरोना संक्रमित,२१२ जना उपचार पछि स्वस्थ

रामेछापमा थपिए २१ जना कोरोना संक्रमित,२१२ जना उपचार पछि स्वस्थ

रामेछाप जिल्लामा दैनिक कोरोना संक्रमित थपिने क्रम जारी छ । आज मात्रै जिल्लामा २१ जना कोरोना संक्रमित थपिएका छ्न ।

सुनापती गाउँपालिकाका १६ जनामा आज कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला अस्पतालमा ४ जना र दोरम्बा गाउँपालिकामा १ जनागरी ५ जनामा एन्टिजिन पोजेटिभ देखिएको स्वास्थ्य कार्यालय रामेछापले जानकारी दिएको छ ।

यो सँगै कोरोनाको दोश्रो लहर अन्तर्गत जिल्लामा कोरोना संक्रमित हुनेको संख्या ५५८ पुगेको छ । पिसिआर परिक्षण मार्फत ४६४ र एन्टिजिन परिक्षण मार्फत ९४ जनामा कोरोना संक्रमण देखिएको हो ।

यी मध्ये २१२ जना उपचार पछि स्वास्थ भैसकेका छ्न । जिल्लामा कोरोनाका सक्रिय संक्रमित संख्या ३४४ जना रहेको छ । ६ जनालाइ भने जिल्लामा उपचार सम्भव नभएर अन्यत्र रिफर गरिएको छ । जिल्लामा कोरोना संक्रमण भएर ३ जनाले ज्यान गुमाएका छ्न ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार