कोरोना लागेर होम आइसोलेसनमा बस्दा के खाने ? के गर्ने ?

कोरोना लागेर होम आइसोलेसनमा बस्दा के खाने ? के गर्ने ?

कोरोनाले सबैभन्दा बढी आक्रमण शरीरसँगै मानसिकरुपमा पनि गर्छ । कोरोना लाग्यो भन्ने वित्तिकै मानिसहरु आत्तिन थाल्छन् । त्यसैले सबैभन्दा महत्वपूर्ण विषय मनलाई बलियो बनाउनुपर्छ ।

लक्षण कस्ता हुन्छन् ?
सबै संक्रमितमा लक्षण देखिन्छ नै भन्ने छैन । केहीमा सामान्य लक्षण र केहीमा गम्भीर समस्या नै उत्पन्न हुन्छ । त्यसैले यस्तो अवस्थामा आफू सुरक्षित छु भन्ने तरिकाले काम गर्नुपर्ने हुन्छ । र लक्षण नदेखि पनि स्वास्थ्यलाई उत्तिकै ख्याल राख्नु पर्ने हुन्छ ।

सामान्यतयाः कोरोनाको लक्षण ज्वरो हो । ९९ डिग्रीभन्दा बढी ज्वरो आउने, रुघा खोकी लाग्ने, पखला लाग्ने, जिब्रोमा स्वाद र नाकमा गन्ध थाहा नहुने वा कम हुँदै जाने, घाँटी दुख्ने, शरीर दुख्ने यी सामान्य समस्या हुन् । त्यसबाहेक श्वासफेर्न गाह्रो पनि हुन्छ ।

यदी तपाईं स्वस्थ हुनुहुन्छ र इम्युनिटी शक्ति राम्रो छ भने कोरोना १० देखि २० दिनभित्र निको हुन्छ । तर यदी शरीरमा अन्य कुनै रोग छ भने गाह्रो हुन सक्छ ।

के गर्ने ?
सबैभन्दा पहिले त आफूलाई ‘आइसोलेट’ गर्नुहोस् । ताकी अरु मानिसमा संक्रमण नफैलियोस् ।

कोरोना संक्रमितलाई भिटामिन डीको जरुरी हुन्छ । त्यसकारण बिहानको घाममा मज्जाले बस्नुहोस् । नियमितरुपमा सके दैनिक ३ पटक नत्र २ पटक भए पनि वाफ लिनुहोस् ।

विहान हल्का व्यायाम पनि गर्नुहोस् । योगा गर्नुहोस् । आत्मबल बलियो बनाउने तर्फ ध्यान दिनुहोस् । विभिन्न खालका क्रियाकलापमा आफूलाई आबद्ध बनाउनुहोस् । ताकी तपाईंको ध्यान कोरोनामा भन्दा बढी अन्य क्षेत्रमा केन्द्रित होस् । समय कटाउन सजिलो होस् ।

नियमित ज्वरो नाप्न थर्मोमिटर, अक्सिजन नाप्नका लागि अक्सिमिटर साथमै राख्दा राम्रो । प्रेसर नियमित परीक्षण गर्नु राम्रो हुन्छ ।

के खाने ?

सबैभन्दा पहिले त शरीरको इम्युन सिस्टम बलियो बनाउने वस्तु सेवन गर्न सकिन्छ । चिसो केही पनि नखाने । तातोपानी नियमितरुपमा सेवन गर्ने । चिया पिए जसरी नै सुरुपसुरुप नै पिउने ।

तातोपानीमा गुर्जो मिसाउन सकिन्छ । तर गुर्जो पनि धेरै नखानुहोस् । यसले बढी भएमा ब्लडप्रेसर कम गराउने रहेछ । त्यसबाहेक तातोपानीमा अदुवा, बेसार, तुलसीको पात, नीमको पात, मरिचलगायतका जडिबुटी हालेर खान सकिन्छ । नियमितभन्दा बढी तातोपानी सेवन गर्ने ।

चिल्लो पिरो खाँदै नखाने । शाहाकारीले पनि मिल्छ भने मासु र अन्डा नियमित रुपमा खाने । झोलिलो पदार्थ धेरै खाने । दुध र चना पनि खाने । यी खानाले प्रोटिनको कमी हुन दिँदैनन भने इम्युनिटी बढाउन पनि सहयोग गर्छन् । त्यसबाहेक च्वानप्राश पनि विहान र बेलुका नियमित सेवन गर्नुहोस् ।

त्यसका साथै औषधि पनि साथमै राखेको राम्रो । तर आवश्यकता अनुसार सेवन गर्ने । औषधिमा सिटामोल, जिंक, भिटामिट डी, भिटामिन सी, बि कम्प्लेक्स, कफ सिरफ, एजिथ्रोमाइनलगायतका औषधि साथमै राख्दा राम्रो । यसलाई डाक्टरको सल्लाहमा सेवन गर्नुहोस् ।

सामान्य अवस्थामा नियमितरुपमा १० देखि १५ दिनभित्र यति काम गर्दा कोरोना संक्रमणमुक्त हुने सम्भावना बलियो हुन्छ । तर दीर्घरोग छ, वा अन्य कुनै प्रकारका रोग छन् भने अस्पतालमै जानु सबैभन्दा उत्तम हुन्छ । ताकी समयमै उपचार पाउन सकियोस् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार