रामेछापमा थपिए ६३ जना कोरोना संक्रमित,३७ जना उपचारपछि निको

रामेछापमा थपिए ६३ जना कोरोना संक्रमित,३७ जना उपचारपछि निको

रामेछापमा आज थप ६३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । आज रामेछाप नगरपालिकाका ७ जना,दोरम्बा गाउँपालिकाका ३५ जना,गाकुलगंगा गाउँपालिकाका १९ जना र जिल्ला अस्पतालमा गरिएको एन्टिजेन्ट परीक्षणमा दुईजना गरी ६३ जनामा कोरोना सङ्क्रमण देखिएको छ ।

पीसिआर परीक्षणबाट ६१ जना र एन्टिजेन्ट परीक्षणबाट २ जना गरी ६३ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत भुवन थापाले जानकारी दिनुभयो ।आजै ३७ जना कोरोेना संक्रमित उपचारपछि निको भएका छन ।

रामेछाप नगरपालिकाका ८,खाँडादेवी गाउँपालिकाका ५ र मन्थली नगरपालिकाका २४ जना संक्रमित उपचारपछि स्वस्थ भएका हुन । कोरोनाको दोश्रो लहर अन्तर्गत जिल्लामा अहिलेसम्म ३ सय ३५ जनामा कोरोना संक्रमण पुष्टि भईसकेको छ ।जिल्लामा २ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार