सरकारले २० जिल्लाका बालबालिकालाई फाइजर खोप अभियान सञ्चालन गर्ने

सरकारले २० जिल्लाका बालबालिकालाई फाइजर खोप अभियान सञ्चालन गर्ने तयारी गरेको छ । पुस १३ गतेदेखि २२ गतेसम्म ८ जिल्लामा र बाँकी १२ जिल्लामा त्यसपछि खोप अभियान सञ्चालन हुने स्वास्थ्य मन्त्रालयले जनाएको छ । ५७ जिल्लामा हिजोदेखि मोडर्ना खोप अभियान सञ्चालन भएकोमा बाँकी जिल्लामा चाहिँ फाइजर खोप दिन लागिएको हो । मन्त्रालयकाअनुसार पुस १३ गतेदेखि […]

आजपनि बालबालिकालाई कोरोनाविरुद्धको खोप मोडर्ना लगाइँदै

आजपनि १२ वर्षमाथिका बालबालिकालाई कोरोनाविरुद्धको मोर्डना खोप लगाइँदैछ । हिजोबाट देशभरका ५७ जिल्लामा सुरु भएको कोरोनाविरुद्धको खोप अभियान आजपनि जारी छ । विशेषगरी १२ वर्षदेखि १८ वर्ष मुनिका बालबालिकालाई सरकारले हिजोबाट कोरोनाविरुद्धको मोडर्ना खोप लगाउन सुरु गरेको हो । स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा अन्तर्गतको खोप शाखाले आ–आफ्नो विद्यालयमा अनिवार्य खोप लगाउन आग्रह गरेको […]

रामेछाप सहित ५७ जिल्लाका विद्यार्थीलाई कोरोना भाइरसविरुद्धको खोप लगाइदै

आजदेखि रामछोप सहित देशका ५७ जिल्लाका १२ देखि १७ वर्षसम्मका बालबालिकालाई कोरोना भाइरस विरुद्धको मोडर्ना खोप दिइँदै छ । कोरोनाबाट सुरक्षित रहन खोप नै उत्तम उपाय भन्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ढुक्क भएर खोप लगाउन सबैलाई आग्रह गरेको छ । केही निजी विद्यालयले विद्यार्थीलाई खोप लगाउन अभिभावकको अनुमति चाहिने बताए पनि खोप सुरक्षित रहेकाले अनुमति […]

जिल्ला अस्पताल रामेछापको गुरुयोजना बनाईने,गुरुयोजना अनुसार अस्पतालको विकास गरिने

जिल्ला अस्पताल रामेछापलाई अब गुरुयोजना अनुसार विकास गरिने भएको छ । ५ वर्षे गुरुयोजना बनाएर अस्पतालको विकास गर्न लागिएको अस्पताल विकास समितीका अध्यक्ष रोशन पाख्रिनले बताउनुभयो । अस्पतालको गुरुयोजना नबन्दा बजेट,जनशक्ति व्यवस्थापन,विशेषज्ञ चिकित्सक सहितको उपचारमा समस्या भएको अध्यक्ष पाख्रिनले बताउनुभयो । गुरुयोजना अनुसार विकास गर्दा सेवा ब्यवस्थापनमा सहज हुने अस्पतालका निमित्त मेडिकल सुपरीटेण्डेन्ट डा.पवन शाक्यले […]

३० प्रतिशत नागरिकले कोरोनाविरुद्धको पूर्ण मात्रा खोप लगाए

नेपालमा ३० प्रतिशत नागरिकले कोरोना भाइरसविरुद्धको पूर्ण मात्रा खोप लगाएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हिजो ३ लाख २९ हजार ३२१ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । योसँगै नेपालमा कोरोनाविरुद्धको पूर्ण मात्रा खोप लगाउनेको सङ्ख्या ९१ लाख ६८ हजार ३ सय ५८ पुगेको छ । यो खोप लगाएकाको ३० दशमलव २ प्रतिशत हो […]

जिल्ला अस्पताल रामेछापको सेवा नयाँ भवनबाट सुरु

जिल्ला अस्पताल रामेछापले आफनो सेवा नयाँ भवनबाट सुरु गरेको छ । २०७२ को भुकम्पमा अस्पतालको पुराना भवनहरुमा क्षति पुगेको थियो । भुकम्पपछि जर्मन सरकारको सहयोगमा २७ करोड लागतमा बनेको नयाँ सुविधा सम्पन्न भवनबाट सम्पुर्ण सेवाहरु सुचारु गरिएको जिल्ला अस्पताल विकास समितीका अध्यक्ष रोशन पाख्रिनले बताउनुभयो । २ वर्षको अवधिमा निर्माण सम्पन्न भएको उक्त भवनमा अत्यावश्यक […]

नेपालमा पहिलोपटक भित्रियो कोरोनाको ‘ओमिक्रोन’, सङ्क्रमित दुबै जना चिकित्सकको निगरानीमा

नेपालमा पहिलोपटक कोरोना भाइरसको नयाँ उपपरिवर्तित स्वरुप ‘ओमिक्रोन’ फेला परेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कोरोनाको नयाँ स्वरुप फेला परेको मुलुकबाट नेपाल भित्रिएका व्यक्ति र उनको सम्पर्कमा आएका थप एक जना गरी दुई जनामा कोरोनाको नयाँ स्वरुप ओमिक्रोन पुष्टि भएको छ । मन्त्रालयले आज पत्रकार सम्मेलनको आयोजना गरी गत मङ्सिर ३ गतेएक जना […]

कोभिड १९ को सङ्क्रमण भएकालाई छातीसम्बन्धी समस्या धेरै

कोभिड १९ को सङ्क्रमण भएका नागरिकलाई चिसोको समयमा छातीसम्बन्धी समस्या धेरै देखिने गरेको पाइएको छ । उनीहरूमा विशेष गरी छातीको सङ्क्रमण देखिने गरेको छाती रोग विशेषज्ञ डा दीर्घसिङ बलमे बताउनुभयो । उहाँका अनुसार कोभिडको सङक्रमण भएका वृद्धवृद्धाहरू चिसो मौसममा स्वासप्रश्वाससम्बन्धी समस्या भएको भन्दै जाँचका लागि आउने गरेका छन् । चिसो मौसममा स्वासनली साँघुरो हुने भएकाले […]

वुस्टर डोज खोप दिने सरकारको तयारी

सरकारले कोरोना भाइरसको दुवै डोज खोप लगाएकालाई वुस्टर डोज खोप दिने तयारी भएको जनाएको छ । संसदको शिक्षा तथा स्वास्थ्य समितिमा भएको छलफलमा स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले वुस्टर डोज खोप सबै नागरिकलाई दिने गरी छलफल भईरहेको बताउनुभयो । वुस्टर डोज खोप लगाउन आवश्यक पर्ने थप १ करोड ५० लाख डोज खोप ल्याउने तयारी […]

जनस्वास्थ्यका मापदण्डलाई जीवनभरका लागि बानी बनाउन चिकित्सकको सुझाव

चिकित्सकहरूले दक्षिण अफ्रिकामा फेला परेको कोरोनाको नयाँ परिवर्तित स्वरुप ओमिक्रोनको जोखिमबाट बच्न जनस्वास्थ्यका मापदण्ड पालन गर्न सुझाव दिएका छन् । सरुवारोग विशेषज्ञ डा.शेर बहादुर पुनले कोरोना महामारीको पहिलो र दोस्रो चरणको लहरको क्रममा जसरी स्वास्थ्य सावधानी अपनाइयो त्यसरी नै यसलाई आफ्नो जीवनभर लागु गर्नुपर्ने सुझाव दिनुभयो । उहाँले नेपालमा कोरोनाको ओमिक्रोन भित्रिनुमा भारतसँगको खुला सीमानाका […]