नेपालमा कोरोना सङ्क्रमणको दर एक सातामै ५४ प्रतिशत पुग्यो

नेपालमा कोरोना सङ्क्रमणको दर एक सातामै ५४ प्रतिशत पुग्यो

नेपालमा कोरोना सङ्क्रमणको दर एक सातामै बढेर ५४ प्रतिशत पुगेको छ । गत साता सङ्क्रमणदर १३ प्रतिशत रहेकोमा यो साता बढेर ५४ दशमलव ४ प्रतिशत पुगेको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय नेपालमा परीक्षण गर्दा ४० प्रतिशतमा कोरोना सङ्क्रमण पुष्टि हुने थालेको छ । मन्त्रालयका सह प्रवक्ता डा.समिरकुमार अधिकारीले कोरोना सङ्क्रमणको दर बढ्दै जादा कोरोना परीक्षणको दायरालाई फराकिलो बनाउने सरकारले परीक्षण शुल्क समायोजन गरेको बताउनुभयो ।

उहाँले कोरोना सङ्क्रमणको जोखिमबाट बच्नका लागि सरकारले खोप अभियानलाई तीव्रता दिएकाले यो साता ४ प्रतिशतले खोप लगाउनेको सङ्ख्या वृद्धि भएको पनि जानकारी दिनुभयो ।

कोरोना महामारीको सुरु भएपछि हिजो एकैदिन हालसम्मकै धेरै ११ हजार ३ सय ५२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो समय दैनिक सङ्क्रमणदर उकालो लागेसँगै अस्पतालहरूमा आवश्यक तयारी पूरा अवस्थामा रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार