रामेछापमा आज ३५ जनामा कोरोना संक्रमण पुष्टि, देशभर थपिए १० हजार बढी संक्रमित

रामेछापमा आज ३५ जनामा कोरोना संक्रमण पुष्टि, देशभर थपिए १० हजार बढी संक्रमित

केहि दिन यता रामेछापमा दैनिक रुपमा कोरोना संक्रमित बढ्न थालेका छन । आज जिल्लामा ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज थपिएका ३५ जना संक्रमितसँगै अहिले जिल्लामा १८३ जना कोरोनाका सक्रिय सङ्क्रमित रहेका छन । जिल्लामा सबैभन्दा धेरै संक्रमित मन्थली नगरपालिकामा रहेका छन ।

आज थप १० हजार ७ सय ३ जनामा कोरोना सङ्क्रमण

गत २४ घण्टामा नेपालमा थप १० हजार ७ सय ३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंङ्ख्या मन्त्रालयका अनुसार १८ हजार ६ सय १८ जनाको पीसीआर परीक्षण गर्दा ८ हजार ८ सय १५ तथा ४ हजार ४ सय ७४ जनाको एन्टीजेन परीक्षण गर्दा १ हजार ८ सय ८८ जना गरी १० हजार ७ सय ३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

२४ घण्टामा कोरोना सङ्क्रमणबाट ३ जनाको मृत्यु भएको छ । आज थपिएसँगै नेपालमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या १० लाख ६ हजार ५ सय ९१ पुगेको छ । योसँगै नेपाल मृत्यु हुनेको सङ्ख्या११ हजार ६ सय ३५ पुगेको छ भने ८ लाख १९ हजार ५७५ जना सङ्क्रमणमुक्त भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार