रामेछापमा ह्वात्तै बढ्यो कोरोना संक्रमण, आज ३५ जनामा कोरोना सङ्क्रमण पुष्टि

रामेछापमा ह्वात्तै बढ्यो कोरोना संक्रमण, आज ३५ जनामा कोरोना सङ्क्रमण पुष्टि

केहि दिन यता रामेछापमा दैनिक रुपमा कोरोना संक्रमित बढ्न थालेका छन । आज जिल्लामा ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज ४२ जनाको एन्टिजेन परीक्षण गर्दा ३५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

आज थपिएका ३५ जना संक्रमितसँगै अहिले जिल्लामा १४८ जना कोरोनाका सक्रिय सङ्क्रमित रहेका छन । जिल्लामा सबैभन्दा धेरै संक्रमित मन्थली नगरपालिकामा रहेका छन ।

मन्थली नगरपालिकामा ५३ जना,रामेछाप नगरपालिकामा २४ जना, उमाकुण्ड गाउँपालिकामा ७ जना, खाँडादेवी गाउँपालिकामा २६ जना, गोकुलगङ्गा गाउँपालिकामा १३ जना, लिखुतामाकोसी गाउँपालिकामा ९ जना, दोरम्बा सैलुङ गाउँपालिकामा एक जना र सुनापति गाउँपालिकामा ७ जना गरी १४० जना सक्रिय सङ्क्रमित होमआइसोलेशनमा छन् ।

जिल्ला अस्पतालमा तीन जना, गोकुलगङ्गा गाउँपालिकामा एक जना,लिखुतामाकोसी गाउँपालिकामा तीन जना र सुनापति गाउँपालिकामा एक जना गरी ८ जना सक्रिय सङ्क्रमित संस्थागत आइसोलेशनमा रहेको स्वास्थ्य कार्यालय रामेछापले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार