कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिए स्क्रब टाइफसको पनि परीक्षण गराउन सरकारको आग्रह

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना सङ्क्रमणसँग मिल्दोजुल्दो लक्षण देखिएका व्यक्तिलाई स्क्रब टाइफसको पनि परीक्षण गराउन आग्रह गरेको छ । मन्त्रालयले हिजो एक सूचना जारी गर्दै कोरोना सङ्क्रमणको लक्षण देखिएर परीक्षण गराउँदा नेगेभिट आए पनि स्क्रब टाइफसको परीक्षण गराउन आग्रह गरेको हो । स्क्रब टाइफस देखिए उच्च ज्वरो आउने, जोर्नी मांशपेशी दुख्ने, शास फेर्ने समस्या हुने […]

कोरोना सङ्क्रमणको अवस्था स्थिर,जोखिम कायमै रहेको विज्ञको भनाइ

सरकारले नियमित सार्वजनिक गर्ने कोरोनासम्बन्धी तथ्याङ्क अनुसार नेपालमा केही हप्तादेखि कोरोना सङ्क्रमणको अवस्था स्थिर छ । यसैका आधारमा काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रको निषेधाज्ञा हटाइएको छ । तर पनि सङ्क्रमणको जोखिम कम नभएको हुनाले सावधानी अपनाउन विज्ञहरुले सुझाव दिइरहेका छन् । कोरोना सङ्क्रमणको जोखिम कम हुँदै गएको तर्कसहित सरकारले सबै क्षेत्र खुला गर्ने रणनीति बनाएको […]

रामेछापमा कोरोना संक्रमित घटे,जिल्लामा ५८ जना सकृय संक्रमित

रामेछाप जिल्लामा कोरोना संक्रमित घटेका छन । जिल्लामा दैनिक ४०÷५० जनाको हाराहारीमा संक्रमण पुष्टि हुँदै आएकोमा अहिले भने दिनमा २ देखी ३ जनासम्ममा मात्रै कोरोना संक्रमण पुष्टि हुने गरेको छ । जिल्लामा कोरोना परीक्षण कम मात्रामा भएको कारण पनि संक्रमित कम भएजस्तो देखिएको हो । आज जिल्लाभरमा ४१ जनामा एन्टिजेन परीक्षण गरिएकोमा २ जनामा कोरोना […]

१२ वर्षभन्दा माथिकालाई खोप लगाउने सरकारको तयारी

सरकारले १२ वर्षभन्दा माथिका उमेर समूहलाई कोरोनाविरुद्धको खोप लगाउने तयारी गरेको छ । त्यसका लागि अमेरिकाको फाइजर कम्पनीले विकास गरेको कोरोनाविरुद्धको खोपअसोजसम्म नेपाल ल्याइसक्ने गरी काम भइरहेको छ । तर फाइजरले विकास गरेको खोपलाई माइनस ७० देखि ८० डिग्री सेन्टिग्रेट तापक्रममा भण्डारण गर्नुपर्ने भएकाले भण्डारणमा समस्या हुने देखिएको छ । फाइजरकै लागि फरक भण्डारण केन्द्र […]

वर्षायाममा सङ्क्रामक रोगबाट बच्न डाक्टरको सुझाव

वर्षायाममा सङ्क्रामक रोगको जोखिम हुने भएकाले सचेत हुनुपर्ने चिकित्सकहरूले सुझाव दिएका छन् । केही दिनदेखिको लगातारको झरीले देशका कतिपय बस्ती डुबान र पहिरोको चपेटामा परेकाले त्यस्ता क्षेत्रमा सङ्क्रामक रोगको जोखिम हुने सरुवा रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुनले जानकारी दिनुभयो । बाढी र पहिरोले विशेषगरी पानीको मुहान नै बगाउने वा पानीको स्रोत नै नाश गर्नेे भएकाले […]

मेलम्चीका बाढीप्रभावितको लागि कोरोना विरुद्धको खोप आज देखि

सिन्धुपाल्चोकको हेलम्बु र मेलम्चीका बाढी प्रभावित १८ वर्ष माथिका नागरिकलाई आज देखि कोरोना विरुद्धको खोप लगाइने भएको छ । हेलम्बु र मेलम्चीका बाढीप्रभावित का २० हजार जनाको लागि कोरोना विरुद्धको खोप उपलब्ध भएको छ । आज देखि सर्वसाधारणले लगाउन मिल्ने गरी खोपकेन्द्रहरुमा खोप पठाइसकिएको सिन्धुपाल्चोकका वरिष्ठ जनस्वास्थ्य अधिकृत दुर्गादत्त चापागाँईले जानकारी दिनुभयो । सिन्धुपाल्चोकको बाढी […]

काठमाडौँमा कोरोना सङ्क्रमण बढ्दै, राजधानी बाहिर भने स्थिर

नेपालमा पछिल्लो समय कोरोना सङ्क्रमण, मृत्यु र निको हुने दर स्थिर देखिन्छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गर्ने नियमित कोरोना सम्बन्धी तथ्याङ्कमा कोरोनाका नयाँ सङ्क्रमित थपिने दर औसतमा २ हजार रहेको छ भने मृत्यु हुनेदर औसतमा ४० रहेको छ । तर नेपालमा कोरोनाको अवस्था चिन्ताजनक नभएपनि ढुक्क हुने स्थिति भने छैन । काठमाडौँका अस्पतालहरुमा […]

कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या आज बढ्यो

कोरोना भाइरस सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या आज बढेको छ । आज थप ४४ जनाको कोरोनाको कारण मृत्यु भएको छ । बितेको २४ घण्टा र नेपाली सेनाले केही दिनको बीचमा शव व्यवस्थापन गरेको विवरणसमेत गरेर थप ४४ जनाले कोरोनाबाट ज्यान गुमाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १५ हजार २९० […]

रामेछापमा कोरोना संक्रमित घटे,आज १ जनामा संक्रमण पुष्टि

रामेछाप जिल्लामा केहिदिनयता कोरोना संक्रमित घटेका छन । जिल्लामा दैनिक ४०÷५० जनाको हाराहारीमा संक्रमण पुष्टि हुँदै आएकोमा अहिले भने दिनमा ५ देखी १० जनासम्ममा मात्रै कोरोना संक्रमण पुष्टि हुने गरेको छ । जिल्लामा कोरोना परीक्षण कम मात्रामा भएको कारण पनि संक्रमित कम भएजस्तो देखिएको हो । आज जिल्लाभरमा ६ जनामा एन्टिजेन परीक्षण गरिएकोमा १ जनामा […]

१,९२० जनामाकोरोनाभाइरस सङ्क्रमण पुष्टि

पछिल्लो २४ घण्टामा १,९२० जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९,४४३ पीसीआर परीक्षणमा १,७०२ र ३,०७३ एन्टिजेन परीक्षणमा २१८ गरी १,९२० जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणमुक्त हुनेको संख्या २,२४८ रहेको छ । त्यस्तै सङ्क्रमणबाट मृत्यु हुनेको संख्या २४ रहेको छ […]