कोरोना संक्रमण बढिरहँदा रामेछापको विहिबारे हाटमा भिडभाड,रामेछाप नगरपालिका मौन

कोरोना संक्रमण बढिरहँदा रामेछापको विहिबारे हाटमा भिडभाड,रामेछाप नगरपालिका मौन

केहि दिन यता रामेछापमा दैनिक रुपमा ३० देखी ४० जनाको हाराहारीमा कोरोना संक्रमितहरु थपिने क्रम जारी छ । रामेछापमा आज मात्रै ३५ जना कोरोना सङ्क्रमित थपिएका छन । जिल्लामा अहिले १४८ जना कोरोनाका सक्रिय सङ्क्रमित रहेका छन ।

कोरोना संक्रमण नियन्त्रण गर्न जिल्ला प्रशासनले पनि २५ जनाभन्दा बढी भेला नहुन केहि दिन अघि सुचना प्रकाशन गरेर जानकारी गराएको छ । तर कोरोना संक्रमण जोखिमकै बिच रामेछापको पुरानो सदरमुकाम समेत रहेको रामेछाप नगरपालिका वडा नं ८ रामेछाप बजारमा भने आज विहिबारे हाट लागेको छ । निकै भिडभाड देखिने आजको हाटमा उपस्थित भएका केहि मानिसहरु बाहेक धेरैले न त मास्क लगाएका थिए,न त समाजिक दुरी नै कायम गरेका थिए ।

जिल्ला प्रशासन रामेछापले पनि मास्क नलगाउनेलाई कारबाहि गर्ने र जरीवाना समेत तिराउने भनिँरहँदा रामेछापको विहिबारे हाटमा भने प्रशासन र स्थानिय सरकारको खासै ध्यान गएको पाइएन । यसमा नागरीक आफै सचेत हुनुपर्ने त हो तर हाट बजार लाग्ने ठाउँको ढोकामै रहेको स्थानिय सरकार रामेछाप नगरपालिकाले पनि कडाई गर्नेपर्ने हो ।

सरकार र स्थानिय प्रशासनले बनाएको ऐन नियम र कानुनलाई कार्यन्वयन गराउने दायित्व स्थानिय सरकारको भएपनि कोरोनाको यो माहामारीमा विहिबारे हाटमा हजारौँ मानिसहरु सुरक्षा सतर्कता नअपनाई भिडभाड गर्दा समेत रामेछाप नगरपालिका भने मौन छ । यहि विहिबारे हाटको भिडभाडले कोरोना संक्रमण फैलने जोखिम झनै बढाएको भन्दै रामेछाप बजारका केही स्थानियले रामेछाप नगरपालिका किन मौन भन्दै प्रश्न गरेका छन ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार