नेपालमा कोरोनाको सक्रिय सङ्क्रमितको सङ्ख्या ५७ हजार

नेपालमा कोरोनाको सक्रिय सङ्क्रमितको सङ्ख्या ५७ हजार

नेपालमा कोरोनाको सक्रिय सङ्क्रमितको सङ्ख्या ५७ हजार नाघेको छ । हिजो देशभर हालसम्मकै धेरै मानिसहरूमा कोरोना सङ्क्रमण पुष्टि भएपछि सक्रिय सङ्क्रमितको सङ्ख्या ५७ हजार नाघेको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हिजो एकैदिन देशभर १२ हजार ३ सय ३८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । यस्तै ४ जनाको मृत्यु भएसँगै नेपालमा हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ६ सय ३२ पुगेको छ ।

देशभर ६ सय ४९ जना कोरोनामुक्त भएको मन्त्रालयले जनाएको छ । नेपालमा कोरोनाविरुद्धको खोप अभियान सञ्चालन भइरहे पनि नागरिकमा भने भ्रम कायमै रहेको एक जना सङ्क्रामक रोग विशेषज्ञ डा.जनक कोइरालाले बताउनुभयो ।

वैज्ञानिकहरूका अनुसार कोरोनाको पछिल्लो समय देखिएको म्यूटेशन कमजोर भएकाले यसले मानिसहरूमा गम्भीर अवस्था उत्पन्न गराएको छैन । तर, सङ्क्रमण गराउने दर अझै तीव्र रहेकाले यसलाई सामान्य रुपमा लिन हुँदैन ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार