थप ११ हजार ३ सय ५२ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि

थप ११ हजार ३ सय ५२ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि

पछिल्लो २४ घण्टामा थप ११ हजार ३ सय ५२ जनामा कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण पुष्टि भएको छ । यो एकै दिनमा पुष्टि भएको हालसम्मकै सबभन्दा धेरै सङ्क्रिमत सङ्ख्या हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १८ हजार ७८ नमुनाको पीसीआर परीक्षण गर्दा ९ हजार ५ सय २ तथा ५ हजार ३ सय ३१ नमुनाको एन्टीजेन परीक्षण गर्दा १ हजार ८ सय ५० जनामा सङ्क्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार नयाँ सङ्क्रमित मध्ये ६ हजार ३ सय ४३ जना काठमाडौं उपत्यकाका छन्, जसमा काठमाडौंका ४ हजार ६ सय ६६, ललितपुरका १ हजार १९ र भक्तपुरका ५ सय ७८ जना छन् ।

पछिल्लो २४ घण्टामा ६ सय १३ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् भने ४ जनाको मृत्यु भएको छ ।हाल देशभरमा ४७ हजार ९ सय २९ जना सक्रिय सङ्क्रमित छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार