रामेछापमा यहि माघ ६ गतेदेखी १० गतेसम्म कोरोना विरुद्धको खोप अभियान सन्चालन हुँदै

रामेछापमा यहि माघ ६ गतेदेखी १० गतेसम्म कोरोना विरुद्धको खोप अभियान सन्चालन हुँदै

रामेछाप जिल्लामा यहि माघ ६ गतेदेखी १० गतेसम्म कोरोना विरुद्धको खोप अभियान सन्चालन हुने स्वास्थ्य कार्यालय रामेछापले जानकारी दिएको छ ।

यहि पौष ६ गतेदेखी १० गतेसम्म संचालन भएको अभियानमा पहिलो मात्रा खोप लिएका १२ देखी १७ वर्ष उमेर समुहका बालबालिकाहरुलाई यहि माघ ६ गतेदेखी १० गतेसम्म उक्त खोपको दोश्रो मात्रा लगाईने छ ।

आफुले पहिलो मात्रा खोप लगाएको विद्यालयमै गएर खोप लगाउन जिल्ला स्वास्थ्य कार्यालयले अनुरोध गरेको छ । खोप लगाउन जाँदा माक्स लगाएर, भौतिक दुरी कायम गर्दै भिडभाड नगरी पहिलो मात्रा खोप लगाएको कार्ड लिएर जान स्वास्थ्य कार्यालयले अनुरोध गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार