रामेछापमा आज थप २५ जनामा कोरोना पुष्टि,जिल्लामा ८८ जना सकृय संक्रमित

रामेछापमा आज थप २५ जनामा कोरोना पुष्टि,जिल्लामा ८८ जना सकृय संक्रमित

केही महिना रामेछापमा सुन्य रहेको कोरोना संक्रमण केहि दिनयता फेरी बढ्न थालेको छ । आज जिल्लामा एकैदिन २५ जना कोरोना सङ्क्रमित थपिएका छन् ।

आज जिल्ला अस्पताल रामेछापमा २ जना,प्राथमिक स्वास्थ्य केन्द्र मन्थलीमा १३ जना,लिखु तामाकोशी गाउँपालिकामा ४ जना,गोकुलगंगा गाउँपालिकामा ३ जना,उमाकुण्ड गाउँपालिकामा १ जना,खाँडादेवी गाउँपालिकामा १ जना र सुनापती गाउँपालिकामा १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

८ वटा स्थानिय तह रहेको रामेछापमा अहिले ८८ जना सकृय संक्रमित रहेको स्व्ाास्थ्य कार्यालय रामेछापका प्रमुख शान्तिराम खतिवडाले बताउनुभयो । उहाँले मास्क अनिवार्य लगाउन जिल्लावासीमा अनुरोध गर्नुभयो ।

जिल्लामा कोही खोप लगाउन छुटेको भए तुरुन्त स्वास्थ्य कार्यालयमा सम्पर्क राखी कोरोना बिरुद्धको खोप लगाउन उहाँले आग्रह गर्नुभयो । जिल्लामा यहि माघ ६ गतेदेखी १० गतेसम्म कोरोना विरुद्धको खोप अभियान सन्चालन हुने स्वास्थ्य कार्यालय रामेछापले जानकारी दिएको छ ।

यहि पौष ६ गतेदेखी १० गतेसम्म संचालन भएको अभियानमा पहिलो मात्रा खोप लिएका १२ देखी १७ वर्ष उमेर समुहका बालबालिकाहरुलाई यहि माघ ६ गतेदेखी १० गतेसम्म उक्त खोपको दोश्रो मात्रा लगाईने छ

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार