प्रदेश र सङ्घको निर्वाचनका लागि १० हजारभन्दा धेरै मतदानस्थल

निर्वाचन आयोगले आगामी मङ्सिर ४ मा हुने प्रदेश र सङ्घको निर्वाचनका लागि १० हजारभन्दा धेरै मतदानस्थल कायम भएको जनाएको छ । मतदानस्थल तथा मतदान केन्द्र निर्धारण कार्यविधि २०७७ बमोजिम निर्वाचन आयोगले केही मतदानस्थल पुनरावलोकन गरेको जनाएको छ । जिल्लाभरका मतदानस्थल पुनरावलोकन हुँदा १ हजार १ सय २३ मतदान स्थलको त्रुटि सच्याइएको, साविकका ३ सय ६५ […]

सरकार र आन्दोलनरत विद्यालय कर्मचारीबीच सहमति

सरकार र आन्दोलनरत विद्यालय कर्मचारीबीच सहमति भएको छ । भदौ १ गतेदेखि आन्दोलनमा रहेका सामुदायिक विद्यालय कर्मचारी परिषद्, शिक्षक महासङ्घ र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबीच विद्यालय कर्मचारीलाई न्यूनतम तलब दिने सहमति भएकोे हो । सिंहदरवारमा बसेको त्रीपक्षीय वार्तामा विद्यालय कर्मचारी सहायक (लेखापाल) लाई नायव सुब्बा सरह र विद्यालय सहयोगीहरूको लागि श्रेणीविहीन सरहको तलब दिने […]

अलपत्र रहेका जेष्ठ नागरिकलाई अब स्थानीय तहले पालनपोषणको व्यवस्था गर्नुपर्ने

सरकारले जेष्ठ नागरिकसम्बन्धी (पहिलो संशोधन) ऐन, २०७९ आजबाट कार्यान्वयनमा ल्याएको छ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले आज ऐन राजपत्रमा प्रकाशित गरेसँगै कार्यान्वयनमा आएको हो । ऐन कार्यान्वयनमा आएसँगै अबदेखि बुबा–आमा तथा जेष्ठ नागरिकका हकवाला र नातेदारले जेष्ठ नागरिकलाई अलपत्र पारेमा उनीहरूले जेष्ठ नागरिकको सम्पत्तिमा समेत दावी गर्न पाउने छैनन् । ऐन अनुसार बुबा–आमा […]

माओवादी केन्द्र सिन्धुलीका जिल्ला संयोजक नै एमाले प्रवेश

नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवम् सिन्धुली जिल्ला संयोजन नै एमाले प्रवेश गरेका छन्। नेकपा एमाले जिल्ला कमिटी सिन्धुलीले मरिण गाउँपालिकामा आयोजना गरेको बृहत् सभामा सम्बोधन गर्न पुगेका एमाले माहासचिव शंकर पोख्रेलले स्वागत गरेका हुन्। माओबादी केन्द्रिय सदस्य , जिल्ला संयोजक एबम भुमी आयोग सिन्धुलीका अध्यक्ष समेत रहेका रामकुमार पौडेल , केन्द्रिय सदस्य मिथुला फुयाल […]

दशैँका लागि नायाँ नोट भदौ २६ गतेदेखि साट्न पाइने

दशैंका लागि नयाँ नोट भदौ २६ गतेदेखि साट्न पाइने भएको छ । दशैं तथा तिहारमा सबैभन्दा बढी नयाँ नोट खपत हुने गरेकोले नेपाल राष्ट्र बैंकले सो समयमा नयाँ नोट साट्न दिने गरेको छ । राष्ट्र बैंकले यसवपर्ष २६ गते अघी नै बैंकहरूलाई नयाँ नोट पठाइसक्ने भएको छ । नयाँ नोट पठाएर एक साताभित्रै नयाँ नोट […]

सञ्चारसम्बन्धी विभिन्न कानुनलाइ टुङ्गोमा पु¥याउन सरकारलाइ पत्रकार महासंघको ध्यानाकर्षण

नेपाल पत्रकार महासंघले सञ्चारसम्बन्धी विभिन्न कानुन टुङ्गोमा पुग्न नसकेको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराएको छ ।प्रतिनिधिसभाको ५ वर्षे कार्यकाल सकिनै लाग्दा महासंघका अध्यक्ष विपुल पोखरेल, वरिष्ठ उपाध्यक्ष रमेश विष्ट र महासचिव रोशन पुरी प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर यसबारेमा ध्यानाकर्षण गराउनुभएको हो । मिडिया काउन्सिल विधेयकलगायत सञ्चारसम्बन्धी विभिन्न कानुन चालू अधिवेशनमा नै टुंगोमा पु¥याउन […]

बागमती र गण्डकी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना

आज बागमती र गण्डकी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।हाल मनसुनको न्यून चापीय रेखासरदर स्थान भन्दा केही उत्तर तर्फ रहेकाले आज देशभर आंशिकदेखि सामान्य बदली हुने र प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जनरचट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको […]

नेपालमा दैनिक ४८ लाख लिटर दूध उत्पादन, ३५ प्रतिशत अनौपचारिक क्षेत्रमा प्रयोग

पछिल्ला दिनहरूमा दूध र दूग्धजन्य उत्पादनको माग बढिरहँदा, गाईभैँसी पाल्ने किसानको सङ्ख्या बढ्दै गएको छ । पशुपालन गर्ने किसानको सङ्ख्या बढेसँगै दूधबाट अनेकन परिकार बनाएर बिक्री वितरण गर्ने क्रम पनि बढ्दै गएको छ । मकवानपुरको हटौँडा उपमहानगरपालिका–१७ चुच्चे खोलामा खुवाको व्यापार गर्ने व्यवसायीहरूले मनग्य आम्दानी गरिरहेका छन् । काभ्रेबाट मकवानपुर पुगेर ४० वर्षदेखि नियमित खुवा […]

रामेछापमा आधुनिकतासँगै तीज मनाउने चलन फेरिँदै

अघिल्लो दुई वर्ष कोरोना भाइरसका कारण तीज विशेष चहलपहल हुन नपाए पनि यस वर्ष तडक भडक बढी देखिएको छ । रामेछापमा १५ दिन अघिबाटै दर खान जाने, महङ्गा कपडा र गरगहना लगाउने, फेसबुक, टिकटकजस्ता सामाजिक सञ्जालका कारण पनि तीज परम्पराभन्दा भड्किलो र फरक देखिएको हो । विशेषगरि तीजमा छोरीचेली माइत जाने, मीठो मसिनो खाने, सुःख […]

आजदेखि मतदाता नामावली अद्यावधिक गर्न पाइने

निर्वाचन आयोगले आजदेखि मतदाता नामावली अद्यावधिक गर्दैछ । आउँदो मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको चुनावका लागि आज सम्बन्धित वडा कार्यालय र निर्वाचन कार्यालयमा मतदाता नामावली प्रकाशन गरिने आयोगले जनाएको छ । आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले नामावलीमा रहेका त्रुटि सच्याउन, नामावलीमा प्रकाशित व्यक्तिको विवरणको विरोधमा उजुरी दिन साथै मतदाताको एकभन्दा बढी […]