सरकारले बजेटमा नसमेटेको भन्दै रामेछापमा विद्यालयका कर्मचारीहरु आन्दोलित

सरकारले बजेटमा नसमेटेको भन्दै रामेछापमा विद्यालयका कर्मचारीहरु आन्दोलित

सरकारले विद्यालयमा कार्यरत कर्मचारीलाई बजेटमा नसमेटेको भन्दै रामेछापका सरकारी बिद्यालयका कर्मचारीहरु आन्दोलित भएका छन् ।

सरकारी विद्यालयमा कार्यरत लेखापाल,कार्यालय सहयोगी लगायतका कर्मचारीले लामो समयदेखि न्युन पारिश्रमिकमा काम गर्दै आएपनि सरकारले बजेट मार्फत सम्बोधन नगरेको भन्दै उनिहरु आन्दोलित भएका हुन् ।

सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको नीति तथा कार्यक्रमको १ सय २७ नम्बर बुँदामा विद्यालय कर्मचारीको मागलाई सम्बोधन गर्ने उल्लेख गरिएको थियो । तर, जेठ १५ गते सार्वजनिक भएको बजेटमा विद्यालय कर्मचारीकालागि कुनै सम्बोधन नगरिएको भन्दै आफुहरु आन्दोलित भएको नेपाल विद्यालय कर्मचारी परिषद जिल्ला समिति रामेछापका अध्यक्ष रमेश तामाङले जानकारी दिनुभयो ।

उहाँका अनुसार नेपाल विद्यालय कर्मचारी परिषद केन्द्रको निर्देशन अनुसार देशभरका विद्यालय कर्मचारीहरु आन्दोलित छन् । जेठ १५ गते सार्वजनिक भएको बजेटमा विद्यालय कर्मचारीका लागि कुनै व्यवस्था नगरिएको कारण देशभरका विद्यालय कर्मचारीहरु आन्दोलनमा उत्रिएका हुन ।

सरकारी विद्यालयमा कार्यरत कर्मचारी लेखापालले मासिक १३ हजार ५ सय र कार्यालय सहयोगीले मासिक ८ हजार रुपैँया तलव पाउँदै आएका छन् । रामेछापमा लगभग ४ सय ५० जना बिद्यालय कर्मचारीहरु कार्यरत रहेका छन ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार