रामेछापको सुकाजोरमा बन्यो सुविधा सम्पन्न कबर्ड हल

रामेछापको सुकाजोरमा बन्यो सुविधा सम्पन्न कबर्ड हल

रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नं ७ सुकाजोर वडा कार्यालय नजिकै सुविधा सम्पन्न कबर्ड हल बनेको छ । करिब साढे चार करोडको लागतमा सुविधा सम्पन्न कबर्ड हल निर्माण सम्पन्न भएको हो ।

१ सय ९ फिट लम्बाइ र ८६ फिट चौडाइ भएको कवर्ड हल भित्र भलिबल मैदान,जिम कक्ष, अतिथि स्टेज र दर्शक सिट लगायत रहने नगरपालिकाका इन्जिनियर प्रविण गिरिले जानकारी दिनुभयो ।

संघिय सरकार र रामेछाप नगरपालिकाको साझेदारीमा कबर्ड हल बनेको हो । कबर्ड हलको निर्माण कार्य सम्पन्न भएसँगै अब छिट्टै उद्धघाटन गर्ने तयारी गरिएको इन्जिनियर गिरिले बताउनुभयो । ४ करोड ५३ लाख ६५ हजार ४ सय ३३ रुपैयाँ लागतमा सुनकोशी कन्स्ट्रक्सन नेपाल प्रा.लिले कबर्ड हल निर्माण गरेको हो ।

रामेछाप नगरपालिकाका प्रबत्ता एवं वडा नं ७ का वडाअध्यक्ष समिर कार्कीले सुकाजोरमा सुविधा सम्पन्न कबर्ड हल बन्नु खुशीको कुरा भएको बताउनुभयो । अबका दिनहरुमा नगरपालिकाले आयोजन गर्ने हरेक खेलकुदका प्रतियोगिताहरु उक्त कबर्ड हलमा खेलाईने उहाँले बताउनुभयो ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार