उम्मेदवारी मनोनयन गर्नेहरूको दलगत विवरण सार्वजनिक

निर्वाचन आयोगले स्थानीय तह सदस्य निर्वाचन २०७९ मा उम्मेदवारी मनोनयन गर्नेहरूको दलगत विवरण सार्वजनिक गरेको छ । सूचीअनुसार नेकपा एमालेले प्रमुखमा २७ महिला र २ सय ६३ पुरुष गरी २ सय ९० उम्मेदवार उठाएको छ भने अध्यक्षमा २८ महिला र ४ सय ४६ पुरुषगरी ४ सय ४६ उम्मेदवार उठाएको छ । यस्तै, एमालेले उपप्रमुखमा २ […]

आगामी स्थानीय तहको निर्वाचनका स्वतन्त्र उम्मेद्वारलाई ४० प्रकारका चुनाव चिह्न वितरण

आगामी ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदवारलाई निर्वाचन आयोगले ४० प्रकारका निर्वाचन चिह्न प्रदान गरेको छ । आयोगकाअनुसार देशभर १२ हजार ७ सय ८९ जना स्वतन्त्र उम्मेदवार छन् । यसअघि नै छपाइ गरेर ल्याइएका चुनाव चिह्न मध्येबाट स्वतन्त्र उम्मेदवारको नाममा निर्वाचन चिन्ह् उपलब्ध गराइएको हो । लौरो, बिरालो, अर्ना, बँदेल, भ्यागुतो, चिल, खसीको […]

आज १ सय ३३औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस

आज १सय ३३ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ । ‘मर्यादित श्रम, सुरक्षित रोजगारः विकास र समृद्धिको आधार’ भन्ने मूल नाराका साथ यो दिवस मनाइँदै छ ।सन् १८८६ मा अमेरिकाको सिकागोमा ‘आठ घन्टा काम, आठ घन्टा मनोरञ्जन र आठ घन्टा आराम’ नारासहित सुरु भएको मजदुर आन्दोलनको सम्झनामा विश्वभर श्रमिक दिवस […]

यो वर्ष मतदाता शिक्षाका लागि घरदैलो अभियान नचलाइने

यो वर्ष मतदाता शिक्षाका लागि घरदैलो अभियान नचलाइने भएको छ । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले सामाजिक सञ्जाल र वेवसाइट, रेडियो टेलिभिजनमार्फत मतदातालाई सुसूचित गराउने काम भइरहेको उल्लेख गर्दै दुर्गम क्षेत्रमा मतदान हुनुअघिका दुई दिन मतदातालाई भोट हाल्ने तरिका बारेमा जानकारी गराइने बताउनुभयो ।

३५ हजार २ सय २१ पदका लागि करिव एक लाख ४५ हजारले प्रतिस्पर्धा गर्ने

यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा ३५ हजार २ सय २१ पदका लागि करिव एक लाख ४५ हजार उम्मेदवारले प्रतिस्पर्धा गर्ने भएका छन् । निर्वाचन आयोगका अनुसार ८ हजारभन्दा धेरैले उम्मेदवारी फिर्ता लिएका कारण प्रतिस्पर्धामा रहने उम्मेदवारको सङ्ख्या एक लाख ४५ हजार कायम भएको छ । निर्वाचनमा देशभर १२ हजार ७ सय ८९ […]

उम्मेद्वारलाइ डर धाक तथा धम्कि नदिन आयोगको आग्रह

निर्वाचन आयोगले उम्मेदवारको मनोनयन फिर्ता गराउन डर, धाक, धम्की नदिन र धरपकड नगर्न आग्रह गरेको छ । आज दिउँसो एक विज्ञप्ति जारी गरी आयोगले कतिपय उम्मेदवारलाई मनोनयन फिर्ता गराउन डर, धाक, धम्की, प्रलोभन र धरपकड गरेको सूचना आएको भन्दै यस्ता गतिविधि नगर्न सरोकारवालालाई आग्रह गरेको हो । आयोगले उम्मेदवारले आफूलाई फिर्ता लिन इच्छा लागेमा राजीखुसीले […]

स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा उम्मेद्वारहरू चुनाव प्रचारप्रसारमा व्यस्त

स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा रामेछापमा दल र उम्मेदवारहरू चुनाव प्रचारप्रसारमा केन्द्रित भएका छन् । उम्मेद्वार र दलहरू घरदैलो अभियानदेखी सामाजिक सञ्जालको प्रयोगमा लाग्दै गर्दा मतदाता भने नयाँ र सभ्य शैलीको अपेक्षामा छन् । रामेछापमा नेपाली काँग्रेस,नेकपा एमाले,नेकपा माओवादी,नेकपा एकिकृत समाजवादी,राप्रपा लगायतका दल र उम्मेदवारहरू चुनाव प्रचारप्रसारमा व्यस्त छन। नेपालमा भने सञ्चारमाध्यम बाहेक उम्मेद्वारहरूले स्वस्फुर्त […]

निर्वाचनका लागि उम्मेदवारहरूको अन्तिम नामावली आज सार्वजनिक हुँदै

जिल्ला निर्वाचन कार्यालय रामेछापले स्थानीय तह निर्वाचनका लागि उम्मेदवारहरूको अन्तिम नामावली आज सार्वजनिक गर्दैछ । हिजो नामावली सार्वजनिक गरेको आयोगले आज दिनभरी उम्मेदवारी फिर्ता लिन समय दिएको छ । उम्मेदवारी फिर्ता लिन चाहनेहरु बेलुकी ५ बजेसम्मको निर्वाचन अधिकृतको कार्यालयमा जानुपर्ने जनाएको छ । त्यसपछि भने अन्तिम नामावली प्रकाशन गर्नेछ ।

जेठ १ गतेदेखि शनिबार र आइतबार २ दिन सार्वजनिक विदा दिने सरकारको निर्णय

सरकारले जेठ १ गतेदेखि परीक्षणका रुपमा लागू हुने गरी शनिबार र आइतबार दुई दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ । हिजो बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो । विदा २ दिन दिएपछि सरकारले कार्यालय समय भने बढाएको छ । कार्यालय समय अब विहान ९ः३० देखि ५ः३० […]

रामेछाप रामपुरमा भान्जाले खुकुरी प्रहार गर्दा मामा घाइते

रामेछापको रामेछाप नगरपालिका वडा नं ५ रामपुरमा खुकुरी प्रहारबाट एक जना घाइते भएका छन । भान्जाले मामालाई खुकुरी प्रहार गर्दा मामा घाइते भएका हुन । आज(बुधबार) घरायसी काम सकेर आराम गरिरहेको समयमा वर्ष ५७ का हेम ब तामाङलाई उनका भान्जा वर्ष ३७ का झमक ब तामाङले एक्कासी खुकुरी प्रहार गरेको प्रहरी चाकी रामेछाप डाँडाले जनाएको […]